वर्षदिनमा चितवनका करिब पाँच हजार महिलाले गर्भपतन गराए, ९ जनाको मृत्यु

चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा ९ वटा मातृ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार गर्भावस्था सुरु भएदेखि सुत्केरी भएको ४५ दिनसम्मको मृत्युलाई मातृ मृत्यु भनिन्छ ।

यहाँका सात स्थानीय तहले कार्यालयलाई दिएको गर्भावस्थादेखि ४५ दिनसम्मको सुत्केरीको अभिलेख अनुसार जिल्लामा ९ जना गर्भवती महिलाको ज्यान गएको हो । यो संख्या २०७९ साउनदेखि २०८० असार मसान्तसम्मको हो ।

कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीका अनुसार गर्भावस्थामा जटिलता आएर वा सुत्केरी अवस्थामा महिलाको ज्यान जाने गरेको हो । भने, सुरक्षित गर्भपतनको लागि तोकिएमा गएर गर्भपतन गराउने महिलाको संख्या ४ हजार ९ सय २० जना छन् ।

भण्डारीका अनुसार कार्यालयमा प्राप्त प्रारम्भिक जानकारी अनुसार गर्भपतन गराउनेमध्ये ३ सय १२ जना २० वर्ष मुनिका किशोरी छन् ।

उनीहरूमध्ये १ सय ५८ जनाले मेडिकल माध्यमबाट र १ सय ४१ जनाले सर्जिकल माध्यमबाट गर्भपतन गराएका हुन् । भने, १२ हप्तामाथिको गर्भपतन गराउने २० वर्षमुनिका युवतीको संख्या १३ जना रहेका छन् ।

२० वर्षमाथिका ४ हजार ६ सय ८ जनामध्ये २ हजार ६ सय १५ जनाले मेडिकल र १ हजार ९ सय ८५ जनाले सर्जिकल माध्यमबाट गर्भपतन गराएका हुन् । ८ जनाले भने १२ हप्तामाथिको गर्भपतन गराएका छन् । निमित्त प्रमुख भण्डारीका अनुसार यो तथ्यांक प्रारम्भिक भएकोले घटबढ हुन सक्छ ।

चितवनमा २३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गराउँदै आएका छन् । माथिको उल्लेखित तथ्यांक तिनै स्वास्थ्य संस्थाबाट वैधानिक रूपमा गराएका गर्भपतन हो । भरतपुर अस्पतालमा भने महिलाको स्वास्थ्य जटिलता वा कानूनले भने बमोजिमको अवस्थामा १२ हप्तामाथिको गर्भपतन पनि गराउने स्वीकृति रहेको छ ।

मुलुकी फौजदारी संहिता ऐनले १२ हप्तासम्मको गर्भपतनलाई कानून अनुसार वैध मानेको छ । भने स्वास्थ्यको जटिलताको अवस्थामा सूचीकृत संस्थाबाट १२ हप्तामाथिको गर्भपतन पनि गराउन सक्ने व्यवस्था छ । यद्यपि, गर्भपतनको लागि अनुमतिप्राप्त अस्पताल, डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी हुनुपर्छ । नेपाल प्रेस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker