नौमती बाजा बजाउने तालिम

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ ले नौमती बाजा संरक्षण तथा स्वरोजगार बनाउने उद्देश्यले खैरेनीटारमा सञ्चालन गरेको एकहप्ते नौमती बाजा बजाउने तालिमका सहभागिहरु । वडाको कुशे मगर बाजा समुह र दरगाउ नौमती बाजा समुहका २० जना सहभागिलाई प्रशिक्षक भिम बहादुर परियारले सहजिकरण गरेका थिए । तालिममा सहभागिहरुलाई वडा अध्यक्ष बुद्धि थापाले १÷१ थान बाजा हस्तान्तरण गरेका थिए । तस्विर : भञ्ज्याङ










