भारतमा दाइजो प्रथा : सन् १९६० यताको अवस्था उस्तै

विश्व बैंकको एक अध्ययनमा पछिल्लो केही दशकमा भारतका गाउँमा दाइजो प्रथाको अवस्था निकै हदसम्म स्थिर रहेको पाइएको छ । यो प्रथा अझै पनि जारी रहेको अध्ययनमा पाइएको छ । शोधकर्ताहरुले सन् १९६० देखि सन् २००८ सम्म ग्रामीण भारतमा भएका विवाहहरुको अध्ययन गरेको थियो ।

अध्ययनमा ९५ प्रतिशत विवाहमा दाइजो लेनदेन भएको पाइएको थियो । जबकी सन् १९६१ मा भारतमा दाइजोलाई गैरकानुनी घोषणा गरिएको थियो । दाइजोकै कारण भारतमा महिलामाथि घरेलु हिंसा हुने गरेको छ र कहिलेकाहीं यो मृत्युको कारण पनि बन्ने गरेको छ।

दक्षिण एसियामा दाइजो लिने र दिने लामो समयदेखि चल्दै आएको चलन हो । यसमा बेहुलीको परिवारले पैसा, कपडा, गहना आदि बेहुलाको परिवारलाई दिन्छन् । यो अध्ययन भारतको विभिन्न १७ राज्यमा गरिएको थियो । जहाँ, भारतको ९६ प्रतिशत जनसंख्याको बसोबास छ । यो अध्ययनमा ग्रामीण भारतमा ध्यान केन्द्रित गरिएको थियो ।

अर्थशास्त्री एस अनुकृति, निशिथ प्रकाश र सुंगोह क्वोनले पैसा र सामानजस्ता उपहारको मूल्यको जानकारी पत्ता लगाएका छन् जुन विवाहमा लिइएको वा दिइएको थियो ।

सन् १९७५ देखि २००० बीच दाइजो स्थिर रह्यो

उनले ‘समग्र दाइजो’को आकलन गरेका थिए । यसका लागि उनले बेहुलीको परिवारले बेहुला वा बेहुलाको परिवारलाई दिएको उपहारको रकम र बेहुलाको परिवारले बेहुलीको परिवारलाई दिएको रकमको अन्तर निकालेका थिए ।

उनले सन् १९७५ भन्दा पहिला र सन् २००० पछि मुद्रास्फीतिको कारण समग्र दाइजोको औसत ‘उल्लेख्यरुपमा स्थिर’ थियो ।

अध्ययनमा पाइएअनुसार बेहुलाको परिवारले बेहुलीको परिवारका लागि औसतमा पाँच हजार रुपैयाँ खर्च गरेका थिए । बेहुलीको परिवारको तर्फबाट बेहुलाको परिवारलाई दिएको उपहारको रकम भने सात गुणा बढी थियो । अर्थात्, यो करिब ३२ हजार रुपैयाँ थियो । यसको अर्थ वास्तविक दाइजो २८ हजार रुपैयाँको आसपासमा थियो । दाइजोमा परिवारको बचत र आम्दानीको ठूलो भाग खर्च हुन्छ । सन् २००७ मा ग्रामीण भारतमा कूल दाइजो वार्षिक आन्तरिक आम्दानीको १४ प्रतिशत थियो ।

विश्व बैंकको रिसर्च ग्रुपकी अर्थशास्त्री डाक्टर अनुकृति भन्छिन्, ‘आम्दानीको हिस्साको रुपमा हेर्ने हो भने ग्रामीण भारतमा औसत आम्दानी बढेसँगै दाइजो कम भएको छ ।’

उनी थप्छिन्, ‘यद्यपि यो केवल औसत दाबी मात्र हो जबकी दाइजो कति ठूलो भन्ने गणना प्रत्येक परिवारको फरक–फरक आम्दानीको तथ्यांकबाट थाहा पाउन सकिन्छ । हामीले घरेलु आम्दानी वा खर्चको विषयमा अध्ययन गर्नुपर्ने हुन्छ । तर हामीसँग त्यस्तो कुनै तथ्यांक छ्रैन ।’

भारतमा विवाह

– भारतमा करिब एक प्रतिशतभन्दा कम विवाहमा मात्र सम्बन्धविच्छेद हुने गरेको छ ।
– वर/वधु छान्न माता–पिताको महत्वपूर्ण भूमिका हुन्छ । सन् १९६० देखि सन् २००५ को बीचमा ९० प्रतिशतभन्दा धेरै विवाहमा माता–पिताले आफ्ना सन्तानको लागि जीवनसाथी छानेका थिए ।
– ९० प्रतिशतभन्दा धेरै जोडी विवाहपछि पतिको परिवारसँग बस्ने गर्छन् ।
– ८५ प्रतिशतभन्दा धेरै महिलाले आफ्नो गाउँभन्दा टाढाको मानिससँग विवाह गर्छन् ।
– ७८.३ प्रतिशत विवाह आफ्नै जिल्लामा हुने गरेको छ ।
स्रोत : गौरव चिपलुणकर र जेफ्री वीवरको म्यारिज एण्ड राइड अफ डाउरी इन इन्डिया

भारतमा सन् २००८ देखि अहिलेसम्म धेरै परिवर्तन भइसकेको छ । यद्यपि शोधकर्ताहरुका अनुसार दाइजोको भुक्तानी वा स्वरुपमा भने कुनै किसिमको परिवर्तनको संकेत देखिएको छैन । किनकी अहिले पनि विवाहको बजारलाई प्रभावित गर्ने कुनै पनि कारणमा ढाँचागत परिवर्तन आएको छैन ।

सबै धर्ममा दाइजो प्रथा प्रचलित

अध्ययनमा भारतमा सबै प्रमुख धर्ममा दाइजोको प्रथा प्रचलित रहेको पाइएको छ । रमाइलो पक्ष के छ भने इशाई र सिख धर्ममा ‘दाइजोमा उल्लेख्य वृद्धि’ देखिएको छ । यो समुदायमा हिन्दू र मुसलमानको तुलनामा औसत दाइजोमा वृद्धि भएको छ । त्यसका साथै अध्ययनमा समयसँगै दाइजोमा फरक–फरक राज्यमा धेरै अन्तर आएको छ ।

अध्ययनमा भारतको दक्षिणी राज्य केरलामा सन् १९७० को दशकबाट ‘दाइजोमा वृद्धि’ भएको देखिएको छ र हालैका वर्षमा पनि त्यहाँको दाइजोको औसत सर्वाधिक देखिएको छ ।

हरियाणा, पञ्जाब र गुजरातजस्ता अन्य राज्यमा पनि दाइजोमा वृद्धि भएको देखिएको छ । त्यस्तै ओडिसा, पश्चिम बंगाल, तामिलनाडु र महाराष्ट्र राज्यमा औसत दाइजोमा कमी आएको छ ।

सन् १९७५ पछि दाइजोमा गिरावट

डा. अनुकृतिले भनिन्, ‘राज्यमा दाइजोलाई लिएर यो अन्तरबारे हामीसँग निश्चित जवाफ छैन । हामी भविष्यको अध्ययनमा यो प्रश्नको जवाफ पत्ता लाग्ने अनुमान गर्छौं ।’

गत जनवरीमा प्रकाशित एक पेपरमा अर्थशास्त्री गौरव चिपलुणकर र जेफ्री वीवरले अघिल्लो शताब्दीमा ७४ हजारभन्दा धेरै विवाहको तथ्यांकको प्रयोग गरेर दाइजो प्रथा कसरी अघि बढिरहेको छ भन्ने देखाएका थिए ।

शोधकर्ताले सन् १९३० देखि १९७५ को बीचमा विवाह र दाइजोको भुक्तानीमा दुईगुणा बढेको थियो र दाइजोको औसत वास्तविक मूल्य तीन गुणा बढेको थियो । यद्यपि सन् १९७५ पछि भने औसत दाइजोमा गिरावट आएको छ ।

उनका अनुसार सन् १९५० र १९९९ को बीचमा भारतमा दाइजो भुक्तानीको कूल मूल्य करिब साढे दुई खर्ब डलर थियो ।

– बीबीसीबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker