कृषि सामाग्रि हस्तान्तरण

कृषि विकास कार्यालय, तनहुँद्वारा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत लागत साझेदारीमा कृषकहरुलाई मौरीको घार वितरण गर्दै । कार्यालयले लागत साझेदारीमा सञ्चालन गरिएका विभिन्न कृषि सहकारी तथा कृषक समूहका कार्यक्रमहरूको बहुपक्षीय सहभागितात्मक अनुगमन तथा सामग्री हस्तान्तरण गरेको छ ।
गण्डकी प्रदेश सभा सदस्य जित प्रकाश आले तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रममा सञ्चालन भएका गतिविधिहरूको प्रगति, प्रभाव र उपलब्धिबारे विस्तृत छलफल गर्नुका साथै आगामी योजनाका विषयमा सहभागीहरूबीच अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममार्फत कृषक तथा कृषि सहकारीहरूलाई उपलब्ध गराइएका सामग्रीहरूको प्रभावकारी उपयोग, उत्पादन वृद्धि तथा कृषिमा आधुनिकीकरण प्रवद्र्धनका विषयमा समेत जोड दिइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले कृषकको उत्पादन क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा कृषि व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए । तस्विर : भञ्ज्याङ










