चन्द्रमामा पठाउन अमेरिकाले बनायो पौने ३ अर्बको ट्वाइलेट

अमेरिकाले २ करोड ३० लाख डलर खर्चिएर एउटा विशेष ट्वाइलेट तयार पारेको छ । महिलाले दिसा पिसाब गर्नका लागि निकै उपयुक्त हुने उक्त ट्वाइलेट कुनै चानचुने ट्वाइलेट होइन । आगमी बिहीबार उक्त ट्वाइलेटलाई अन्तरीक्षमा पठाइँदैछ ।

झण्डै पौने ३ अर्ब रुपैयाँ लागतको उक्त ट्वाइलेट टाइटानियमबाट बनेको हो । बिहीबार भर्जिनियास्थित वालोप्स टापुबाट प्रक्षेपण गरिने अन्तरीक्षयानमार्फत् सो ट्वाइलेट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा पुग्नेछ ।

४५ किलोग्राम तौल तथा ७१ सेन्टिमिटर अग्लो सो ट्वाइलेटलाई अन्तरीक्ष केन्द्रबाट पछि चन्द्रमामा लगिनेछ । नासाले चन्द्रमामा पठाउने ओरियन क्याप्सुलभित्र सो ट्वाइलेट ठिक्क अटाउनेछ । केही वर्षभित्रमै ओरियन क्याप्सुल नामक यानबाट चन्द्रमामा अन्तरीक्षयान पठाउने नासाको योजना छ ।

अहिले अन्तरीक्ष केन्द्रमा रहेका अन्तरीक्षयात्रीहरुले दिसा पिसाब गर्नका लागि दुईवटा रुसी ट्वाइलेट छन् भने एउटा अमेरिकी ट्वाइलेट रहेको छ ।

अमेरिकाले बनाएको ट्वाइलेटलाई अन्तरीक्ष केन्द्रमा केही महिनाका लागि अन्तरीक्ष यात्रीहरुले परीक्षण गर्नेछन् र यदि त्यसले राम्रोसँग काम गरेमा मात्र चन्द्रमामा पठाउने निर्णय गरिनेछ ।

अमेरिकी कम्पनी स्पेस एक्सले अन्तरीक्ष केन्द्रमा मानिसहरु पठाउने तयारी गरिरहेको र बोइङ कम्पनीले समेत आगामी एक वर्षभित्रमा अन्तरीक्षमा मानिस पठाउने योजना बनाइरहेको हुँदा अन्तरीक्ष केन्द्रमा बढीभन्दा बढी ट्वाइलेट चाहिने अवस्था आउँदैछ ।

अन्तरीक्ष केन्द्रमा हाल रहेको पुरानो अमेरिकी ट्वाइलेट पुरुषमैत्री ट्वाइलेट रहेकोमा नयाँ ट्वाइलेट भने महिलामैत्री रहेको छ । नयाँ ट्वाइलेटलाई पनि त्यहाँ रहेको पुरानो अमेरिकी ट्वाइलेटको छेउँमा राखिनेछ । हफिङटन पोष्टबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker