तनहुँको व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

दमौली : तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई रु ३९ लाख भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक रु पाँच हजारका दरले रु ३९ लाख २८ हजार सहयोग गरेको हो ।

उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । दीर्घरोगका कारण नियमित उपचार गर्नुपर्ने र आर्थिक रूपमा समस्यामा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले क्यान्सर, मिर्गौला रोग, मुटुरोग, पक्षघातलगायतका दीर्घरोगबाट पीडित नागरिकलाई लक्षित गरी यो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता रोगका बिरामीले नियमित औषधोपचार, परीक्षण तथा अस्पताल आवतजावतमा ठूलो आर्थिक भार व्यहोर्नुपर्ने भएकाले स्थानीय सरकारले सहयोगको नीति अघि सारेको उहाँको भनाइ छ ।

“दीर्घरोगका बिरामीलाई उपचार खर्च जुटाउन निकै कठिन हुने अवस्था छ । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले यस्ता वर्गलाई प्राथमिकतामा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत लम्सालले भन्नुभयो ।

नगरपालिकाले सामाजिक सुरक्षा तथा जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । दीर्घरोगीलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, निःशुल्क परीक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्ने प्रयास भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

स्थानीयवासीले नगरपालिकाको यो कार्यक्रम सकारात्मक र उदाहरणीय भएको बताएका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका बिरामीलाई मासिक सहयोगले केही राहत पुगेको उनीहरूको भनाइ छ । विशेष गरी नियमित औषधि सेवन गर्नुपर्ने तथा अस्पतालमा बारम्बार पुग्नुपर्ने बिरामीलाई यस्तो सहयोग प्रभावकारी बनेको स्थानीयको अनुभव छ ।

नगरपालिकाले आगामी वर्षहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने नगरप्रमुख न्यौपानेले उल्लेख गर्नुभयो ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker