भानु नगरपालिकाले अपाङ्गता भएकाहरुको निःशुल्क स्वास्थ्य वीमा गरिदिने

तनहुँको भानु नगरपालिकाले ४२८ जनाको निशुल्क स्वस्थ्य बीमा गरिदिने भएको छ । गत चैत्र २८ गते बसेको कार्यपालिकाको बैठकले नगरपालिका भित्र रहेका “ग” र “घ” वर्गका अपाङ्गता परिचय-पत्र प्राप्त गरेका ब्यक्ति र उनको परिवार, बेपत्ता परिएका ब्यक्तिका परिवार, सहिद परिवार र पालिका भित्र रहेका बालगृहका बालबालिकालाई निशुल्क स्वास्थ्य बीमा गरिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

नगरपालिकाले निःशुल्क स्वस्थ्य बीमा गर्न कार्यबिधि तयार गरी स्वस्थ्य बीमा गर्ने कार्यका लागि १५ लाख रुपैया बजेट विनियोजन गरिएको उनले बताए।

अपाङ्गता ब्यक्तिलाई स्वास्थ्यको हिसाबले पनि बीमा गर्न उपयुक्त हुने र बेपत्ता पारिएका र सहिद परिवारलाई पनि स्थानीय सरकारको प्रत्यभूति दिलाउन निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम गर्न लागिएको र स्वस्थ्य जस्तो संवेदनशील क्षेत्रमा नगरपालिकाको विशेष ध्यान जाने गरेको पालिकाका मेयर आनन्दराज त्रिपाठीले बताए ।

निःशुल्क स्वास्थ्य बीमाका लागि निर्दिष्ट गरेकाहरुको शुचि तयार गर्ने कार्य भैरहेको र जेष्ठ महिना भित्रै स्वास्थ्य बीमा गरिने स्वस्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुभास रेग्मीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker