तनहुँको म्याग्देले जेठ १ देखि ११ गतेसम्म कृषि, पशु, उद्यमको प्रदर्शन गर्ने

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले कृषक तथा उद्यमीद्वारा उत्पादन गरिएका सामग्रीको प्रदर्शन गर्ने भएको छ । गाउँपालिकाले सातवटै वडामा जेठ १ गतेदेखि ११ गतेसम्म कृषि, पशु, उद्यम एवं सबै प्रकारका उत्पादनहरुको प्रदर्शनी गर्ने भएको छ ।

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र गाउँपालिकाको आयोजना र वृद्धिमुखी संस्थाको सहकार्यमा उद्यमी तथा कृषकले उत्पादन गरेका सामानको बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कृषकले स्थानीय स्तरमा उत्पादन गरेका तरकारी, फलफूल, लोकल कुखुरा, केरा, स्थानीय रैथाने जातका सामानहरु, खसीबोका र स्थानीय महिलाले सीपमूलक तालिमबाट उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिनेछन् ।

महिलाहरुले सीपमार्फत सिकेको सीपलाई अधिकतम रुपमा प्रयोग गर्ने र उत्पादन भएका सामानलाई एउटै छातामुनि प्रर्दशन गरी आम्दानी गर्ने स्रोतको रुपमा यस प्रदर्शनीलाई लिइएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।

उत्पादनको प्रदर्शनी म्याग्दे गाउँपालिकाको वडा नम्बर १ को गुणादीको वाराही महिला सहकारीको भवनमा जेठ १ गते, वडा नम्बर २ को जामुने सहकारीको भवन अगाडी जेठ २ गते, वडा नम्बर ३ को धयरे बजारमा जेठ ५ गते, वडा नम्बर ४ को जनसेवा सहकारी भवनको थर्पु बजारमा जेठ ६ गते प्रदर्शनी गरिनेछ । वडा नम्बर ५ को थाङ्दी बजारमा जेठ ७ गते, वडा नम्बर ६ को अकला मन्दिरमा जेठ ९ गते र वडा नम्बर ७ को वडा कार्यालयमा जेठ ११ गते प्रदर्शनी गरिनेछ ।

गाउँपालिकाको ७ वटै वडामा आयोजना गरिएको यस्तो प्रदर्शनीले कृषक तथा उत्पादन गर्ने उद्यमीमा उत्साह बढ्ने र प्रभाबकारी हुने गाउँपालिकाले अपेक्षा लिएको छ ।

वृद्धिमुखी उत्पादन तथा रोजगारी प्रवर्द्धनका लागि गाउँपालिकामा छनोट भएका १५ जना उद्यमी र अन्य गाउँपालिकामा व्यवसाय गरेका कृषि, पशु तथा अन्य उद्यमी प्रदर्शनीमा सहभागी हुने जनाइएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker