शुक्लागण्डकीका अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाइयो

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपूरा तथा अधुरा विकास आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आवश्यक रकम विनियोजन गर्न माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

नगरप्रमुख कृष्णराज पण्डितले मुख्यमन्त्री पाण्डेलाई भेटेर नगरपालिकाका रणनीतिक महत्त्वका सडक तथा पुल निर्माणका कामलाई प्राथमिकतामा राखी वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेका हुन । उनले नगरवासीको प्रत्यक्ष सरोकारसँग जोडिएका पूर्वाधार निर्माणका काम समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती खेपिरहेको उल्लेख गर्दै प्रदेश सरकारको विशेष चासो आवश्यक रहेको बताए ।

ज्ञापनपत्रमा शुक्लागण्डकी नगरपालिका–१ स्थित लालध्वज मोटरमार्ग, वडा नम्बर १२ को लिलाचोक–लामागाउँ मोटरमार्ग, वडा नम्बर ६ को तीनखोलेदेवी मोटरमार्ग, वडा नम्बर ८ को डहरे–किमलडाँडा मोटरमार्ग र वडा नम्बर १२ अन्तर्गत प्युरीदोभानदेखि स्याङ्जाको पुतलीबजार जोड्ने दोभान पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।

नगरप्रमुख पण्डितका अनुसार यी योजनाहरू स्थानीय जनताको दैनिक आवतजावत, कृषि उत्पादन ढुवानी, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि अत्यन्त महत्वपूर्ण छन् । पर्याप्त बजेट अभावका कारण कतिपय योजना वर्षौंदेखि अधुरै रहेको र केही योजनाको काम सुस्त गतिमा अघि बढिरहेको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले नगरपालिकाले उठाएका मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउँदै आवश्यकता र प्राथमिकताका आधारमा आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकार विकास निर्माणका अधुरा योजनालाई सम्पन्न गर्ने नीतिअनुरूप अघि बढिरहेको उल्लेख गर्दै स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाइने बताए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker