किन खाली पेटमा दूध नपिउने ?

आयुर्वेदका अनुसार यदि खाली पेटमा दूध पिउने गर्नुहुन्छ भने तपाईंलाई खोकी र चिसो लाग्न सक्छ । साथै, फ्लुको समस्या पनि हुनसक्छ ।

यसका साथै अन्य समस्याहरु पनि हुन सक्छन्ः

१. दिनभर आलस्य र थकान महसुस 
विज्ञानका अनुसार यदि तपाईं खाली पेटमा भारी आहारको सेवन गर्नुहुन्छ भने पचाउन समस्या हुन्छ । यदि तपाईं बिहान दूध पिउँदा दिनभर शक्ति प्राप्त हुन्छ भन्ने सोच्नुहुन्छ भने त्यो गलत हो । बिहानै दूध पिउँदा दिनभरी निन्द्रा लाग्ने र आलस्य हुने समस्या पैदा हुन्छ ।

२. पेटमा भारीपन महसुस
यदि तपाईं बिहान हरेक दिन दूध पिउनुहुन्छ भने तपाईंको पेटमा भारी महसुस हुन्छ । कहिले काँही खाली पेटमा दूध पिउँदा पेटमा गडबढी समेत पैदा गर्छ । पाचन तन्तुले दूध पचाउन नसक्दा पेटमा खराबी पैदा हुन्छ । त्यसैले राति सुत्नुभन्दा अगाडि दूध पिउने गर्नुपर्छ ।

३. मुड खराब गर्नसक्छ 
जो व्यक्ति बिहानै दूध पिउँछन् ती व्यक्तिहरुको मुखमा स्वाद बिगार्न पनि सक्छ । साथै, मुखको स्वादमा आउने परिवर्तनले मुड खराब हुने, चिढचिढावट हुने आदि समस्या पैदा गर्छ । त्यसैले दूध खाना खाएपछि पिउने गर्नुपर्छ र अलैँचीको धुलो, चक्लेट पाउडर आदि हालेर खान सकिन्छ ।

यसका साथै हाइपर एसिडिक समस्या भएका व्यक्तिहरुले क्याल्शियमको रुपमा चिसो दूध पिउँदा ग्यास र अपच जस्ता समस्या कम हुन्छ । यद्यपि, यो जब एसिडसँग मिसिन्छ तब नुनको रुपमा परिवर्तन हुन्छ जसले गर्दा एसिडिटीबाट राहत मिल्छ । दूध रातिमा पिउँदा फाइदाजनक हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker