तनहुँमा “तपाईको मास्क खोई ?” अभियान

भञ्ज्याङ समाचारदाता/दमौली

कोभिड-१९ संक्रमण वृद्धिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गरेको छ । यही अभियान अन्तरगत तनहुँमा पनि स्वास्थ्य कार्यालय, नेपाल प्रहरी तथा विभिन्न सामाजिक संघ संस्थाको सहभगितामा ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ तनहुँमा पनि मास्क अभियान शुरु गरिएको हो । जिल्लामा पछिल्लो समय दैनिक कोरोना संक्रमितको संख्या थपिदै गएपछि उच्च सतर्कताका साथै अनिवार्य रुपमा मस्कको सहि रुपमा प्रयोग गर्नु पर्ने गरी अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

‘मास्कको सहि रुपमा प्रयोग गरी मानिसको व्यवहारमा परिवर्तन गर्नु यो अभियानको मुख्य उद्देश्य हो’, प्रजिअ आचार्यले भने, ‘कोभिड संक्रमणबाट सुरक्षित रहनका लागि खोप पछिको मास्क भएकाले र्सवसाधारणलाई मास्कको अनिवार्य प्रयोगका लागि शहर बजार तथा ग्रामीण क्षेत्रमा पनि सचेतना मूलक कार्यक्रम अगाडि बढाइएको छ ।’


यस्तै, तनहुँमा नेपाल प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । संक्रमण घट्दै जाँदा पछिल्ल्लो समय मास्क वितरण प्रभावकारी हुन नसकेकोमा पुनः आफ्नो मातहतका सबै इकाईलाई परिचालित गरी मास्क अभियान चलाइएको प्रहरी उपरीक्षक दिनेशराज मौनालीले बताए ।

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसंगै सर्वसाधारणको लापरवाहीका कारण तनहुँमा कोरोना संक्रमण बढ्दै गएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले बताउँछन् । ‘संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि खोपसंगै मास्कको पनि सहि रुपमा प्रयोग गर्न आवश्यक छ’, उनले भने, ‘मास्क लगाऔं, कोरोनाबाट आफू बचौ र अरुलाई पनि बचाऔं भन्दै जिल्लामा तनहुँमा मास्क अभियानलाई अगाडि बढाइएको छ ।’


अभियान अन्तर्गत तनहुँको आँवुखैरेनी, डुम्रे, भन्सार, दमौली, थर्पु, खैरेनीटार, दुलेगौडा, कोत्रे, भिमाद लगायतका मुख्य बजार क्षेत्रसंगै गाउँबस्तीसम्म मास्क वितरण अभियान चलाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतनामूलक कार्यक्रम पनि अगाडि बढाइएको उनले बताए ।

कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक भीडभाभाड नगर्ने भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न प्रहरी इकाईमार्फत सर्वसाधारणलाई मास्क वितरण तथा सचेतना मुलक कार्यक्रमलाई अगाडि बढाएको छ ।

मंगलबार ५६ जना नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या पाँच सय नाघ्यो

तनहुँमा पछिल्लो हप्ता दैनिक नयाँ संक्रमित थपिएका छन् । मंगलबार ५६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा रहेका ५४१ जना सक्रिय संक्रमित मध्ये १० जनाको संस्थागत आइसोलेशनमा राखेर उपचार भइरहेको छ भने ५३१ जना होम आइसोलेशनमा बसेका छन् । गत वैशाख महिना यता कोरोना संक्रमणबाट तनहुँका ९६ जनाको मृत्यु भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker