ऋषिङ गाउँपालिकाले पालिकाले तयार गरेको आइसोलेशनमा बस्ने संक्रमितको खर्च व्यवस्थापन गर्ने

भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ गाउँपालिकाले संस्थागत आइसोलेशनमा बस्ने कोरोना संक्रमतिहरुको खर्च व्यवस्थापन गर्ने तयारी गरेको छ । गाउँपालिकाले कोभिड संक्रमण रोकथाम गर्न आयोजित विज्ञ सम्मिलित सर्वपक्षीय बैठकमा संक्रमितहरु गाउँपालिकाले तयार गरेको आइसोलेशनमा बसेमा उनिहरुको खानेबस्ने खर्च व्यवस्थापन गाउँपालिकाले गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताएका छन् ।

‘हामीले गाउँपालिकामा ३ वटा अक्सिजन सिलिण्डर सहित ५ बेड क्षमताको अस्थायी कोभिड अस्पताल तयार गरेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो क्षमताले भ्याएसम्म संक्रमितहरुलाई यही कोभिड अस्पतालमा उपचार गर्र्छौ, यदि स्वास्थ्यमा गम्भिर समस्या देखिन थाल्यो भने गाउँपालिकाले तयारी अवस्थामा राखेको एउटा एम्बुलेन्सबाट जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले तयार गरेको कोभिड अस्पतालमा पुर्‍याउने व्यवस्था गरेका छौं ।’

यस्तै, गाउँपालिकाले नागरिकहरू समेतको योगदानमा कोभिड राहत कोष स्थापना गर्ने र उक्त कोषमा विभिन्न सामाजिक संघ संस्था, उद्योगी, व्यवसायी तथा नागरिकहरुबाट उपलब्ध रकम तथा गाउँपालिकाको समेत सहभागितामा संक्रमितको खर्च व्यवस्थानमा सघाउने योजना गाउँपालिकाले बनाएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

गाउँपालिकाले कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै गाउँपालिका भित्र विवाह, भोजभतेर, मेला लगायतका कुनै पनि कार्य गर्न रोक लगाएको छ। संक्रमण बढिरहेको र जोखिम समेत बढेको भन्दै गाउँपालिकाले सबैलाई सुरक्षित रुपमा आ-आफ्नो घरमै बस्न आग्रह गरेको छ ।

सर्वपक्षीयको भर्चुवल बैठकमा गाउँपालिकाले केही दिन भित्रै पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गर्ने र भ्याक्सिनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । बैठकमा विभिन्न सञ्चार माध्यमबाट कोभिड सम्बन्धी जनचेतना फैलाउने, बाहृय जिल्ला वा देशबाट आएका गाउँपालिकावासीहरूलाई १५ दिन क्वारेन्टिनमा राख्ने लगायत निर्णय भएको गाउँपालिकाले जनाएको छ। त्यस्तै, गाउँपालिकाको सवारी साधान आवश्यक परेमा विरामी बोक्न प्रयोग गर्ने निर्णय भएको पनि बताइएको छ ।

तनहुँ हाइड्रोको काम भइरहेको र उक्त हाइड्रोका कामदारको दैनिक आवतजावतको कारण संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी सम्भावित संक्रमण रोक्न आवश्यक पहल गर्न पनि गाउँपालिकाले सम्बन्धित सबैलाई सचेत गराएको छ ।

गाउँपालिकाले आयोजना गरेको भर्चुवल बैठकमा पूर्वमन्त्री शिवलाल थापा, सभासद झुलबहादुर आले, गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्य कल्पना लम्साल, प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत सुरथ पोख्रेल, डा. विक्रम थापामगर लगायतको सहभागिता रहेको बैठकमा गाउँपालिका अध्यक्ष श्रेष्ठले कोभिडबाट जनतालाई सुरक्षित राख्न हरसम्भव सबै उपाय अवलम्वन गरिने प्रतिवद्धता जनाएका थिए ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा तनहुँले गतवर्ष३२ जना कोभिड संक्रमितलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरेको र यसपटक पनि उक्त निःशुल्क सेवा जारी रहने सभापति इन्द्र आलेले जानकारी गराएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker