तनहुँका उद्योगमा ३३ हजारलाई रोजगारी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा सञ्चालित उद्योगमा करिब ३३ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लामा सञ्चालनमा रहेका दश हजार ४२१ उद्योगमा उक्त संख्यामा मानिसले रोजगारी पाएका हुन् । तनहुँमा सञ्चालनमा रहेका उद्योगमा रु नौ अर्ब २१ करोड लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रत्येक उद्योगमा करिब रु दश लाखका दरले लगानी भएको तथ्याङ्क रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । तनहुँमा हालसम्म एघार हजार १६२ उद्योग दर्ता भएकामध्ये दश हजार ४२१ वटा उद्योग सञ्चालनमा छन् । चालू आवमा मात्रै एक हजार नौ उद्योग दर्ता भएका छन् ।

पछिल्लो समय महिलाको नाउँमा फार्म नामसारी गर्नेको सङ्ख्या ९० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ । अहिले पनि दैनिक १५ देखि ३० जना फार्म दर्ताको लागि उक्त कार्यालयमा जाने गरेका छन् । महिलाको नाउँमा फार्म हुँदा बैंकले उद्यमी कर्जा प्रवाह गर्न थालेपछि महिलाको नाउँमा फार्म दर्ता गर्नेको सङ्ख्या बढेको छ । कृषिजन्य, पशुजन्य, फर्निचर लगायतका उद्योगको संख्या पनि बढिरहेका छन् ।

साना उद्योगको लागि घरेलु कार्यालयमा दर्ता गरिए पनि रु १५ करोड देखि रु ५० करोडसम्मका उद्योग विभागमै दर्ता हुने प्रावधान छ । घरेलु कार्यालयले अनलाइन दर्ता प्रक्रियालाईसमेत अघि बढाएको छ । तथ्याङ्क सुरक्षित राख्न डिजिटलाइजेसन गरिएको छ। उहाँले भन्नुभयो, “शुरुमा काम गर्न समय लाग्ने र झन्झटिलो जस्तो देखिएपनिपछि खोजेको समयमा सहज, छिटो र काम गर्न सजिलो हुनेछ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker