आदिकवि भानुभक्त र द्रव्य शाह क्याम्पसबीच असल अभ्यासबारे अन्तरक्रिया

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस र गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसबीच ‘असल अभ्यास’ विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार आदिकवि भानुभक्त क्याम्पस सम्पन्न गरिएको छ। आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा आयोजित दुई क्याम्पसबीचको उक्त अन्तरक्रिया कार्यक्रममा द्रव्य शाह बहुमुखी क्याम्पस, गोरखाका तर्फबाट भ्रमण टोलीका संयोजक एवं सञ्चालक समितिका उपाध्यक्ष मोहनप्रकाश पोखरेलले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

दुवै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सार्वजनिक क्याम्पस हुन् । साथै, विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरबाट गुणस्तर सुनिश्चितता प्रत्ययन (क्युए) प्रमाणपत्र प्राप्त गरिसकेका छन्। स्थानीय जनसमुदायको अपनत्वमा सञ्चालन हुँदै आएका यी क्याम्पसहरूबीच संस्थागत सहकार्य सम्बन्धी समझदारीसमेत भइसकेको छ। द्रव्य शाह बहुमुखी क्याम्पस हाल गुणस्तर सुनिश्चितता प्रत्ययनको दोस्रो चक्रका लागि तयारीरत रहेको जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्यहरू, क्याम्पस प्रमुख एकदेव अधिकारी, सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद पराजुली, आईक्यूएसी प्रमुख रामचन्द्र दुवाडी, विभागीय प्रमुख कुशललाल श्रेष्ठ र जयराम अधिकारी, सहप्राध्यापक डा. बद्रीकुमार कार्की, उपप्राध्यापकहरू नकुल थापा, केशवराज रेग्मी, धर्मजंग थापा, शरण श्रेष्ठ र अहिमराज जोशी, सहायक प्राध्यापक डेनिमल बराम, परीक्षा सहायक शर्मिला थापा तथा कार्यालय सहयोगी सिता तिवारी लगायतले सहभागिता जनाएका थिए ।

अन्तरक्रियामा द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुख एकदेव अधिकारी तथा आदिकवि भानुभक्त क्याम्पसका आईक्यूएसी प्रमुख बिमल गिरीले आ–आफ्ना क्याम्पसका असल अभ्यासबारे प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणपछि सहभागीहरूले उठाएका जिज्ञासाहरूमा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले स्पष्टिकरण दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker