कपासेटार खानेपानी : उपभोक्तालाई पानी सहज रुपमा उपलब्ध गराउन माग

भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौँ वार्षिक साधरण सभा गरिएको छ । कार्यक्रममा शुक्लागण्डकी-३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले खानेपानी जनताको नैर्सर्गिक अधिकार भएको बताए । उनले शुद्ध पिउनेपानी सहज रुपमा उपलब्ध गराउने दायित्व सरकारको भएकाले जनताको आवश्यकता अनुसार खानेपानी उपलब्ध गराउन वडाले सक्दो सहयोग र पहल गर्ने बताए ।

उपभोक्ता समितिका अध्यक्ष ठानप्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सडक डिभिजन कार्यालय तनहुँका अधिकृत दधिराज पौडेल, टार टोल विकास संस्थाका अध्यक्ष करुणानिधि कोइराला, पौवा प्रगति टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद लम्साल, संस्थाका कोषाध्यक्ष रामचन्द्र सिग्देल, उपाध्यक्ष उमादेवी सुवेदी, सचिव मिलन पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा सचिव पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवेदन, कोषाध्यक्ष खिमबहादुर कार्कीको कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । अध्यक्ष न्यौपानेले बर्खामा पनि उपभोक्ताहरुको घरघरमा शुद्ध पानी पठाउने गरी समितिले काम गर्ने बताएका थिए । उनले तिवारी छरछरे खोला मुहानमाथि डोजर चलाइएको हुँदा खानेपानीको मुहानलाई असर पुग्ने बताउँदै गत बर्षदेखि नै वडाको पटकपटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको गुनासो गरे ।

उनले खानेपानीको मुहानहरु सुक्दै गएको अवस्थामा यसरी जथाभावी डोजर लगाएर खन्न अनुमति दिन गर्दा तत्कालिन र दीर्घकालिन असरहरु देखिन सक्ने भन्दै यस विषयलाई गम्भिरताको साथ लिन जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेका थिए ।

उनका अनुसार उपभोक्ताहरुको आवश्यकता परिपुर्ति गर्ने गरी दुलेगौँडा कपासेटारको सहलगानी योजना अन्तर्गत सुरौदी खोलामा बोरिङ मार्फत् पानी उपलब्ध गराउने गरी काम भइरहेको छ । त्यहाँको पानी लिफ्टिङ गरी तान्ने र उपभोक्ताको घरघरमा वितरण गर्ने समितिको योजना छ ।

संघीय सरकारको २ करोड लगानीमा संचालन भइरहेको योजनाको २५ प्रतिशत काम सम्पन्न भएको छ । उक्त योजना सम्पन्न भएपछि पानीको अपुग नहुने र १० बर्षसम्मका लागि खानेपानीको समस्या नहुने अध्यक्ष न्यौपानेले बताए । उक्त योजना मार्फत् करिब १६ सय घरधुरी लाभान्वित हुनेछन् । कपासेटार खानेपानी समितिमार्फत भने हालसम्म कुल ५९१ धारा जडान गरिएको छ । खानेपानीले गत बर्ष ३७ लाख २२ हजार २२१ रुपैयाँ आम्दानी गरेको थियो भने १३ लाख ७ हजार ९३० रुपैयाँ खर्च भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker