व्यास क्षेत्र शिवपञ्चायन विकास कोषको अध्यक्षमा भट्टराइ, महासचिवमा सिग्देल
भञ्ज्याङन्यूज

व्यास क्षेत्र शिवपञ्चायन विकास कोषमा नयाँ नेतृत्व चयन गरिएको छ । व्यास क्षेत्रको विकासका लागि गठित कोषको मंगलबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा प्रेमप्रकाश भट्टराइलाई चयन गरेको छ ।
कोषको उपाध्यक्षमा मंगलप्रसाद श्रेष्ठ र वीणा कैनी, महासचिवमा विष्णुभक्त सिग्देल, सचिवमा ऋषिराम ढुङ्गाना र मदनप्रसाद पण्डित, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र्सवसम्मत चयन भएका छन् ।
यस्तै, नयाँ कार्यसमितिको सदस्यहरुमा बाबुराम बगाले, सावित्री अधिकारी, गौरी थापा, अर्जुन गिरी, कुलबहादुर थापा, दुर्गाभक्त अधिकारी चयन भएका निर्वाचन प्रबन्ध समिति संयोजक त्रिभुवन श्रेष्ठले जानकारी गराए ।
कोषको नेतृत्वमा व्यास-३ व्यास गुफा क्षेत्रमा वेदव्यासको १०८ फिटको मूर्ति बन्दैछ । त्यसका लागि अहिले मूर्ति अड्याउने स्तम्भ निर्माणको काम जारी छ ।









