२५ फिट अग्लो बुद्धको मुर्तिसहित तमुहिल पार्क बनाउन १० रोपनी ४ आन जग्गा उपलब्ध

  • भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२, फिरफिरेस्थित राङलीबोट गाउँमा तमुहिल पार्क निर्माणको प्रक्रिया अगाडी बढेको छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको फिरफिरेमा गुरुङ जातिको इतिहास, धर्म, कला, संस्कृति र रीतिरिवाजको प्रतिबिम्बको रुपमा पार्क निर्माण गर्न खोजिएको वडा कार्यालयले जनाएको छ । पार्क निर्माणका लागि डिपिआर तयार भइसकेको छ । पार्कको पुर्वाधार निर्माण गर्न करिब ५ करोड लागत अनुमान गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । पार्क निर्माणका लागि वडाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पार्क निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराउने भएका छन् । शनिबार ६ जना स्थानीय मिलेर पार्क निर्माणका लागि १० रोपनी ४ आना जग्गा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार स्थानीय कौरी गुरुङले १ रोपनी ८ आना, कविराज गुरुङले १५ आना, इन्द्रसुवा गुरुङले १ रोपनी ७ आना, भुपरध्वज गुरुङले ३ रोपनी १ आना, लालु गुरुङ १ रोपनी ११ आना र मनबहादुर गुरुङले १ रोपनी ८ आना जग्गा उपलब्ध गराउने भएका हुन् ।

पार्कको मुख्य आकर्षणको रुपमा फलिना क्होइबो रहनेछ । गुरुङ समुदायको पैतृक कार्यसंग जोडिएको क्होइबोमा १२ वटा वर्गचक्रको मुर्ति निर्माण गरिनेछ । त्यस्तै गुरुङ समुदायको परम्परागत घर निर्माण गरी त्यसभित्र जन्मदेखि मत्युसम्मका कर्मकाण्डहरु झल्कने हस्तकला लगायतका सामाग्रीहरुको प्रदर्शन गरिने छ । जसबाट गुरुङ समुदायबारे खोज अनुसन्धान गर्न सहयोग पुग्ने वडाध्यक्ष गुरुङले बताएका छन् ।
वडाध्यक्ष गुरुङका अनुसार तमुहिल पार्कसंगै शान्ति पार्क र गोरखा राइफल्स पार्कको पनि परिकल्पना गरिएको छ । जहाँ भगवान गौतम बुद्धको २५ फिट अग्लो विशाल मुर्ति बनाइने छ भने सिन्धुलीगढीका सरदार वंशु गुरुङ लगायत पहिलो तथा दोस्रो विश्वयुद्ध लडेका पुर्खाहरुदेखि हालसम्म नेपाल, भारत, सिंगापुर र ब्रिटिस सरकारको सेवामा आफ्नो योगदान गरेका वीर योद्धाहरुको स्मृति र सम्मानमा पार्क निर्माण गर्न लागिएको हो ।

पर्यटकको थप आकर्षणका लागि पार्कमा वाटर फाउण्टेन, पिकनिक स्पट, बालउद्यान र भीआईपी सवारी एवं आपतकालिन उद्धारका लागि हेलिप्याड समेत निर्माण गर्ने लक्ष्य लिइएको छ । यस पार्कले मिलेनियम गुफा तथा ग्रामीण पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने वडाध्यक्ष गुरुङको भनाई छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker