पिप्ले–जुमडाँडा नाली निर्माण तथा ढलान

तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेदेखि जुमडाँडासम्म सडकको नाली निर्माण तथा सडक ढलान कार्य गरिदै । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यक्रम अन्तर्गत विनियोजित बजेटको दिगो र गुणस्तरीय प्रयोगका लागि स्थानीयको सक्रिय अनुगमन आवश्यक रहेको भन्दै गाउँपालिकाले निर्माण कार्य समयमै सम्पन्न गर्न सबैको सहयोगको आग्रह गरेको छ । तस्विर : भञ्ज्याङ










