छाब्दीका बाढीपीडितलाई क्षेत्रीय होटल संघको आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाको छाब्दी बराही मन्दिर क्षेत्रमा गत असार १५ गते आएको बाढीबाट पीडितलाई क्षेत्रीय होटल संघ तनहुँले आर्थिक सहयोग गरेको छ । संघमा आवद्ध सदस्यको होटल बाढीबाट पूर्ण क्षति पुगेकालाई २६ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष राम जोशीले बताए । स्थानीय सम्झना थापाको सम्झना खाजा घर र सुन्तली दरैको अनिल खाजा घर रातिको समयमा आएको बाढी पसि बगाउँदा भएको क्षतिलाई केही भए पनि राहत पुर्‍याउने उद्देश्यका साथ आर्थिक सहयोग गरिएको अध्यक्ष जोशीले बताए ।

ब्यबसाय सञ्चालनको क्रममा ब्यबसायीलाई अफ्ठ्यारोमा पर्दा सहयोग गर्ननै संघ खोल्नुको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष जोशीले बताए । संघले भैपरि आउने समस्या र विपत्तिमा परेका आफ्ना ब्यबसायीलाई बिगतमा पनि विभिन्न किसिमको सहयोग गर्दै आएको बताइएको छ ।

कोभिड-१९ को समस्या भोगिरहेका ब्यबसायिलाई बाढीले थप पीडा दिइरहेको अवस्थामा आफ्ना सदस्यलाई भेटी सान्त्वना एवं हौसला दिनु र थोरै भएपनि आर्थिक सहयोग गरी पोलेको घाउमा मलम लगाउने काम गर्नु संघको दायित्व भएको संघका महासचिव चन्द्रकुमार कायस्थले बताए ।

सहयोग रकमले आँफुहरूलाई ठुलो राहत मिलेको पीडित अनिल खाजा घरकी सुन्तली दरैले क्षेत्रीय होटल संघलाई धन्यवाद व्यक्त गरिने । रातीको समयमा बाढी आएको हुँदा हामीले होटलको कुनै पनि सामान निकाल्न पाएनौँ, मुस्किलले ज्यान जोगाउन सकेको बताइन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker