व्यास र बन्दीपुरमा तीन दिनसम्म नौ घण्टा विद्युत अवरुद्ध हुने, कुन ठाउँमा अवरुद्ध हुँदै छ ?
दमौली : तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिका विभिन्न वडामा तीन दिन दैनिक नौ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले एक सूचना जारी गर्दै भोली सोमबारदेखि बुधबारसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
दमौली–भरतपुर १३२ के.भी. ट्रान्समिसन लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि दमौली सवस्टेशनबाट वितरित छाब्दी फिडर अन्तर्गतको व्यास–१ रत्यली, मोरीयाटार, छाब्दी बजार, व्यास–१३ पोखरीभञ्ज्याङ, कुकुरढुङे, बेनिकोट विद्युत अवरुद्ध हुनेछ ।
यस्तै, व्यास–१४ को केशवटार, रुम्सी, हर्कपुर, थिङ, नयाँगाउँ, सुदेर, बन्दीपुर–३, सुखौरा र दमौली फीडर अन्तर्गत चार्कुने, लीचीघारी भादगाउँ खानेपानी कार्यलय लगायतका स्थानहरुमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।











