व्यवसायिक रुपमा भैसीपालन

तनहुँको शुक्लागण्डकी नगरपालिका-१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्ममा पालिएका भैसी । करिब ११ करोड रुपैयाँको लगानिमा १०३ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि फार्ममा भैसीसंगै कालिज, हाँस, लोकल कुखुरा पालन गरिएको फार्मका प्रबन्ध निर्देशक हरि खड्काले बताए ।

फार्ममा पाडापाडीसमेत गरी एक सय भैंसी रहेका छन् भने दैनिक ३५० लिटर दूध उत्पादन गरी बिक्री वितरण गर्दै आइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










