व्यास गुफा परिसरमा रूद्रयाग् यज्ञ सुरू

दमौली : व्यास नगरपालिका–३ व्यास गुफा परिसरमा रूद्रयाग् यज्ञ सुरु भएको छ । वैदिक पुरोहित समाज तनहुँको आयोजना व्यास गुफा परिसरमा आईतवारबाट सुरू भएको यज्ञको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।
नगरप्रमुख न्यौपानेले व्यास क्षेत्रमा सुरू भएको अनुष्ठान कार्यक्रम सफल हुने बताए । उनले यस्ता धार्मिक अनुष्ठानले व्यास क्षेत्रको प्रचारप्रसार गर्न सहयोग पुग्ने बताए । व्यास नगरपालिकाले महाशिवरात्रीको पुर्वसन्ध्यामा फागुन ९ गते व्यास पराशर क्षेत्र सरसफाइ महाअभियान कार्यक्रम गर्ने र उक्त कार्यक्रममा सहभागिताका लागि समेत आग्रह गरे ।
वैदिक पुरोहित समाज तनहुँका अध्यक्ष एवं रूद्रयाग (यज्ञ)को मुल समारोह समिति संयोजक शास्त्री तुलसीराम पौडेल उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ब्राह्मण समाज केन्द्रीय सदस्य एव व्यास नगर समिति अध्यक्ष विश्व सुवेदीले व्यास क्षेत्रमा गरिएको यज्ञ कार्यक्रम महत्त्वपूर्ण भएको बताए ।
शान्ति स्वरूपानन्द दामोदर बाबाले व्यास प्रयागमा विशाल प्रकारका यज्ञ वर्षैपिच्छे गर्नुपर्ने आवश्यक रहेको बताए । वेदानुयाय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष पण्डित कृष्णकान्त काफ्लेले ब्राम्हणको प्रमुख उद्देश्य नै यज्ञ गर्नु रहेको र पावन व्यास पराशर क्षेत्रमा हुनु झनै महत्त्वपूर्ण भएको बताए ।
उक्त यज्ञमा ११ जना पुरोहितद्वारा पाठपारायण, २२ जना पुरोहुतद्वारा हवन, एकजना पुरोहितले जप, १ जनाले स्वाहाकार गरि ३५ जना पुरोहितहरुको प्रत्यक्ष सहभागिता रहने बताएको छ ।
आईतवार पुर्वाङ्ग गरिएको यज्ञमा २८ गते सोमबार हवनात्मक तथा पाठ पारायण, २९ गते मंगलवार पूर्ण आहुती सहित समापन गरिने समाजका प्रचारप्रसार समिति संयोजक गणेश घिमिरेले जानकारी दिए । यज्ञमा सहभागी भएर पून्य प्राप्त गर्न आयोजकले आग्रह गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker