सत्यवतीले जित्यो अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि

भञ्ज्याङ न्यूज

तनहुँको दमौलीमा सञ्चालन गरिएको अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिताको उपाधि दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले जित्न सफल भएको छ । हैरान्स क्लवद्वारा आयोजित उक्त प्रतियोगिताको बुधबार भएको फाइनल खेलमा छात्रछात्रातर्फको दुवै उपाधि सत्यवती हातपार्न सफल भएको हो ।

छात्रतर्फ बाराही आवासीय माध्यमिक विद्यालयलाई सत्यवती माविले २६-२० ले पराजित गरेको छ । निर्धारित चार क्वाटरमा २०-२० अंक प्राप्त भएपछि खेल तीन मिनेट अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा छ अंक थप गरेपछि सत्यवती विजेता घोषित हुन सफल भयो ।

छात्रातर्फपराशर माविलाई ४-० ले पराजित गर्दै सत्यवती माविले उपाधि प्राप्त गरेको छ । उपाधिसँगै सत्यवती माविले रनिङशिल्ड ट्रफी प्राप्त गरेको छ।

यस्तै, छात्रतर्फर्सवाधिक गोलकर्ताको उपाधि सत्यवतीका रोमित थापा र छात्रातर्फपराशर माविकी सनुषा विकले प्राप्त गरेको क्लवले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्फव्यासका साजन थापा र छात्रातर्फसत्यवती माविकी भूमिका गोशलीले प्राप्त गरे ।

यस्तै, बुधबारनै भएको सेमिफाइनलमा छात्रतर्फ सत्यवती माविले पराशर कलेजलाई पराजित गरेको थियो । व्यास दिव्यज्योति बोर्डिङ स्कूललाई पराजित गर्दै बाराही आवासीय माध्यमिक विद्यालय फाइनल प्रवेश गरेको थियो । छात्रातर्फो सेमिफाइनलमा सत्यवती माविले दमौली कलेजलाई पराजित गरेको थियो भने निर्मल माविलाई पराशर कलेजले पराजित गरेको थियो ।

प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजको सहभागिता थियो । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कूलको सहभागिता थियो।

विद्यालय स्तरदेखि नै बास्केटबल खेलप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रविन पौडेलले जानकारी दिए । विजेतालाई व्यास नगरपालिका-३ का वडाध्यक्ष अनुप रानाले पुरस्कार वितरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker