दोस्रो ऋषिङ अल्ट्रा म्याराथान यही पुस २७ मा हुने

तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको जनाउँदै केही समय अगाडी मात्रै पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले पुस २७ गते खुल्ला म्याराथन, स्थानीय म्याराथन र महिला म्याराथन प्रतियोगिता एकैसाथ आयोजना गर्दैछ । खुल्ला म्याराथन ४२.२ किमि दूरीको हुनेछ । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिनेछ । स्थानीयतर्फ १० किमी दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुङ्गिनेछ भने महिलातर्फ ४ किमी दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुङ्गिनेछ ।

खुल्लातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने तीन जनालाई रु दश हजार पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । स्थानीय प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु ६ हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

गत वर्ष आयोजित प्रथम ऋषिङ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले जित्नुभएको थियो । प्रतियोगितामा डोटीका नवराज साउद द्वितीय, सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय र कालिकोटका देवराज महतारा चौथो हुनुभएको थियो । यस्तै दश किमी दूरीमा भएको स्थानीय दौडको उपाधि पदमबहादुर आले प्रथम, विजय आले दोस्रो र नेखबहादुर कुमाल तेस्रो हुनुभएको थियो । चार किमी दूरीमा भएको महिला दौडमा सीता रानाभाट प्रथम, यमुना थापा दोस्रो र सुम्मिता रानाभाट तेस्रो हुनुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker