प्रेस चौतारी तनहुँका अध्यक्ष श्रेष्ठलाई मातृशोक
भञ्ज्याङ समाचारदाता/दमौली

प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठका आमा उजेली माया श्रेष्ठको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
व्यास नगरपालिका-५ चापाघाट निवासी उनको पाटनस्थित घाटमा दाहसंस्कार गरिएको छ । अध्यक्ष श्रेष्ठका बुबाको पनि गत पुसमा निधन भएको थियो ।










