स्थानीय निर्वाचन : तनहुँमा १ हजार ७४१ जनाको उम्मेदवारी मनोनयन दर्ता

भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनका लागि तनहुँका १० वटै पालिकामा १ हजार ७४१ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोग नेपालले मंगलबार सार्वजनिक गरेको विवरणमा आइतबार र सोमबार भएको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा तनहुँको १० पालिका र ८५ वटा वडाका विभिन्न पद उक्त संख्याको उम्मेदवारी दर्ता भएको हो ।

आयोगको विवरण अनुसार चार नगरपालिकाको प्रमुख पद दाबा गर्दै ३४, उपप्रमुखमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ भने छ गाउँपालिकाको अध्यक्ष पद दाबा गर्दै ३७ र उपाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, तनहुँका ८५ वटा वडाको वडाध्यक्ष पद दाबा गर्दै ४०६ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । वडाका महिला सदस्यमा २९५, दलित महिला सदस्यमा २७७ जना र खुल्ला सदस्यमा ६३६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँको विवरण अनुसार जिल्लाको व्यास नगरपालिकाको प्रमुखमा १३ जना, उपप्रमुखमा ८ जना, वडाध्यक्षमा ७७ जना, वडा सदस्य खुलामा १२८ जना, महिला वडा सदस्यमा ५८ जना र दलित महिला सदस्यमा ५५ जनाको उम्मदेवारी मनोनयन दर्ता भएको छ ।

भानु नगरपालिकाको प्रमुखमा ६ जना उपप्रमुखमा ४ जना, वडाध्यक्षमा ७३ जना, खुला वडा सदस्यमा १२१ जना, महिला वडा सदस्यमा ५८ जना र दलित महिला सदस्यमा २३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

यस्तै, भिमाद नगरपालिकाको प्रमुखमा ६ जना, उपप्रमखमा ५ जना, वडा अध्यक्षमा ३१ जना, खुला वडा सदस्यमा ४४ जना, महिला वडा सदस्यमा २१ जना र दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा ८ जना र उपप्रमुखमा ५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ भने वडा अध्यक्षमा ६८ जना, खुला वडा सदस्यमा ९१ जना, महिला वडा सदस्यमा ४० जना र दलित महिला सदस्यमा ३५ जनाको उम्मेदवारी मनोनयन भएको छ ।

त्यस्तै, आँवुखैरेनी गाउँपालिकाको अध्यक्ष पदमा ६ जना, उपाध्यक्षमा ७ जना, वडा अध्यक्षमा ३१ जना, खुला वडा सदस्यमा ४३ जना, महिला वडा सदस्यमा २३ जना र दलित महिला सदस्यमा २२ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

ऋषिङ गाउँपालकाको अध्यक्ष पदमा ६ जना, उपाध्यक्षमा ४ जना, वडा अध्यक्षमा २८ जना, खुला सदस्यमा ४१, महिला सदस्यमा १८ र दलित महिला सदस्यमा १७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । घिरिङ गाउँपालिकाको अध्यक्षमा ४, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा १८ जना, खुला वडा सदस्यमा ३३, महिला सदस्यमा १३ र दलित महिला सदस्यमा १५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

यस्तै, देवघाट गाउँपालिकाकोको अध्यक्षमा ९ जना, उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा १९ जना, खुला सदस्यमा ३३ जना, महिला वडा सदस्यमा १९ जना र दलित महिला सदस्यमा १३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । बन्दिपुर गाउँपालिकाको अध्यक्षमा ६ जना, उपाध्यक्षमा ७ जना, वडा अध्यक्षमा २७ जना, खुला वडा सदस्यमा ४५ जना, महिला सदस्यमा २१ र दलित महिला सदस्यमा २० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

म्याग्दे गाउँपालिकाको अध्यक्षमा ६ जना, उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा ३३ जना, खुला वडा सदस्यमा ५० जना, महिला वडा सदस्यमा २३ र दलित महिला सदस्यमा २१ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।

आइतबार र सोमबार जिल्लाको स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय मान्यता पाएको ६ र स्थानीय १७ गरी २३ दलले उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । मंगलबार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका रहेको थियो ।

यस्तै, वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker