कार्यालय भवन स्थान्तरणको विवाद र तयारी नपुगेको भन्दै भानु नगरपालिकाको नगरसभा स्थगित

भञ्ज्याङ न्यूज

जिल्लाका अन्य पालिकाहरुले बिहीबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेपनि भानु नगरपालिकाको नगरसभा भने स्थगित भएको छ ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने व्यवस्था रहेपनि नगरपालिकाको आन्तरिक विवादका कारण नगरसभा स्थगित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताए । उनले भने, ‘कोरोना संक्रमण जोखिमका कारण वडावडामा बैठक हुन सकेन, समयमा भेला हुन नसकेकाले नगरसभा हुन सकेन ।’

नीति, कार्यक्रम तथा बजेट तयारीका विषयमा नगरपालिकाको कार्यापालिका बैठक समेत बस्न नसकेको र राजस्व, योजना तर्जुमा, बजेटका सिमा निर्धारण लगायतका विषयगत बैठकहरु समेत बस्न सकेको छैन ।

यस्तै, नगरपालिकाको प्रशासनिक भवन भानु-२ स्थित फुस्रेटारबाट भन्सार स्थान्तरण गरेपछि कार्यालयको विषयमा विवाद भैरहेको छ । कार्यालय स्थान्तरणको विषयलाई लिएर नगरसभा स्थागित भएको स्रोतले जनाएको छ । उपमेयर लगायत केही वडाध्यक्षहरुले नगरपालिकाको प्रशासनिक भवन फुस्रेटारमै हुनुपर्ने माग गर्दै आएका छन् भने केही वडाध्यक्षहरुले बजेटको तयारी नपुगेको भन्दै बिरोध गरेका छन् ।

नगरपालिकाको प्रशासनिक भवनको विषयमा विवाद भै सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दा विचाराधिन अवस्थामै छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker