कोरोनाले तनाव त बढाएको छैन ? यसो गरे मनोवल बढाउन सकिन्छ !

गोपाल ढकाल

कोरोनाको दोस्रो लहरले फेरि सबैलाई आक्रान्त बनाउदै लगेको छ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपतिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन। यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउछ । कोरोनाको संक्रमणलाइ जित्न रोग-प्रतिरोधात्मक क्षमता मजबुत हुनुपर्छ । कोरोनाको संक्रमणसँग लड्न शरिरमा रोग प्रतिरोधात्मक शक्ति आबस्यक पर्छ भने मानसिक वा मनोबैज्ञानिक रुपमा मनोवल -आत्मवल वा आत्मशक्ति) उच्च हुनुपर्छ ।

शरीरिक रुपमा स्वस्थ्य हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन संतुलित खानपिन, ब्यायम, प्रयाप्त आराम र निन्द्रा जस्ता कुरामा आवश्यक पर्छ। जसरी ब्यक्तिको आ-आफ्नै शारीरिक क्षमता हुन्छ, त्यसैगरी प्रत्येक ब्यक्तिको आ-आफ्नै मानसिक क्षमता हुन्छ जसलाई साइकिक इनर्जी वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ । कुनै कार्यमा सफलता पाउन, कुनै घटना वा परिस्थितिको सामाना गर्न ब्यक्तिमा भएको मनोवलले महत्वपूर्ण भुमिका खेलिरहेको हुन्छ । आत्मबल उच्च भएको ब्यक्तिमा आत्मबिश्वास पनि उच्च नै हुने गर्दछ । हामीले सुन्दै आएकाछौ कोरोनाको संक्रमणलाई जित्न मनोवल उच्च बनाउनु पर्छ । कोरोनालाई जितेकाहरुको पनि एउटै भनाइ छ ‘मनोबल उच्च भए कोरोना भाईरसलाई जित्न सकिदो रहेछ ।’ कोरोनाको भ्याक्सिन भनेकै मनोवल हो । तर आत्मबल वा मनोबल कसरी उच्च बनाउने – मनोबल बढाउछु भन्दा आफै बढ्ने पनि होइन । के गर्यो भने आत्मबल उच्च हुन्छ – यस्ता छन मनोबल बढाउने ब्यबहारिक उपायहरू ।

१. सुरक्षाका उपाय अपनाउनु पर्छ
– कोरोनाको संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइकासाथ अवलम्बन गर्नुपर्छ ।
– भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने ।
– यसो गर्दा संक्रमित हुनबाट जोगाउने नै भयो । साथै मानसिक रुपमा पनि आफु सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल उच्च हुन्छ ।

२. कोरोनासँग लड्न मानसिक रुपमा तयार हुनुपर्छ ।
– यो प्रकृति विपत्ति भएकोले हाम्रो हातमा छैन ।
– यो समस्या विश्वको नै साझा समस्या हो।
– यसकारण यसलाई स्वीकार गर्नुको बिकल्प छैन । कथम कदाचित संक्रमण भएको खण्डमा पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनु पर्छ । जस्तो पर्छ त्यस्तै र्टछ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ ।
– यसले हामीलाई संक्रमणसँग जुझन सहज बनाउछ। कोरोनाको डर, चिन्ता, भय कम भएर जान्छ ।

३. परिस्थिति प्रति सकारात्मक धारणः
– समय सधै एकैनास हुदैन। अहिलेको समय कठिन भए पनि एक दिन अवश्य टरेर जान्छ ।
– भागवत गितामा भने झै- ‘जे हुन्छ राम्रो कै लागि हुन्छ’ त्यसैले आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ । मनोवल उच्च राख्दा आत्मविश्वास र धैर्यता दुबै बढेर जान्छ ।
– यस्तो बेला आत्तिनु हुन्न भनेर सोच बनाउनु पर्छ ।
– कोरोनाको संक्रमण भएपनि मरिन्छ नै भन्ने हुदैन। कोरोनाको संक्रमणका कारण हुने मुत्यदर अत्यन्त न्युन छ। रोग प्रतिरोधात्मक क्षमता र आत्मबलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनु पर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुबैलाई आफैले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

४. हौसला तथा प्रेरणा
– विपत्तको समयमा हौसला र प्रेरणा अति आवश्यक हुन्छ। घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मियताले विपत्तिसँग जुझन उर्जाको काम गर्छ । विपत्तिको समयमा आफुलाई साथ दिने, आफ्नो भावना बुझने तथा हौसला दिने ब्यक्तिहरुसँग आफ्नो मनका भावनाहरु बाँड्ने गर्नुपर्छ ।
– विपत्तको वेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढने र चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ ।
– आफुले आफैलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै, म ठिक छु, स्वस्थ छु, ठिक हुँदै गएकोछु जस्ता शब्दहरु बारम्बार उच्चारण गरेर आत्म-सुझाव दिन सकिन्छ ।
– आफ्ना विभिन्न सवल पक्षहरु लेख्ने, मनन वा उजागर गर्नेले पनि आत्मबल बढ्छ ।

५. मनोसामाजिक सहयोग :
– विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समय सम्मको मनोवैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले ब्यक्तिको आत्मबल र आत्मबिस्बासलाई कमजोर बनाउन सक्छ। यस्तो अबस्थामा भौतिक सहयोग मात्र प्रयाप्त हुँदैन। मनोवैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ। यस्तो बेला विज्ञको सहयोग चाहिन्छ। मानसिक रुपमा स्बस्थ ब्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६. तनावको ब्यबस्थापन
– तनावले शारीरिक तथा मानसिक रुपमा सिथिल वनाउछ । विपत्ति समयमा तनाव बढ्ने नै भयो।
– नियमित रुपमा योग, ध्यान, ब्यायम गर्ने, गहिरो श्वासप्रश्वासको अभ्यासहरु गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, प्रयाप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ ।
– जसले तनाव कम गर्न मद्दत पुर्‍याउछ, ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ।

७. आनन्दायक क्रियाकलाप
– कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका बिषय र क्रियाकलाहरुमा धेरै भन्दा धेरै समय बिताउनु पर्छ । जस्तो आफुलाई मन पर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगित सुन्ने, लेख्ने, आफ्नो आस्था बिस्वास अनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चार्डपर्व मनाउने, मनोरञ्जन आदि जस्ता बिषयमा सकृय हुनाले एक त समयको सदुपयोग हुने भयो अर्को तर्फ दैनिकीलाई सहज बनाउन सकियो । आफुले दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने गर्नु पर्छ । नत्र खाली दिमाग सैतानको घर हुन जान्छ ।
– आफ्ना रुचिकर कुरामा समय बिताउँदा तनाव कम हुने, आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको बिकास हुनुका साथै आत्मबल समेत बढ्छ ।

८. सकारात्मक जीवनशैली :
– कोरोनाको संक्रमण र निषेधाज्ञाले गर्दा अहिले ब्यक्तिको जीवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएकोछ ।
– तनावको बेला ब्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ
– सकारात्मक जीवनशैली अपनाएको खण्डमा ब्यक्ति चाडै पूर्ब अबस्थामा र्फकन सक्छ । आत्मबल पहिला जस्तै उच्च हुन्छ। तर नकारात्मक जीवनशैलीले भने समस्या जटिल हुँदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छ ।
– हाम्रो दैनिक जीवनशैली र क्रियाकलापहरु आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

९. सत्यतथ्य सुचना र जानकारी :
– विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छ। तनावको वेला हाम्रो निर्णय लिने, समस्यालाई बुझने क्षमतामा पनि कमि आउँछ । हामी भावनामा बग्न सक्छौं । यस्तो अबस्थामा हामीले तथ्य परक रुपमा सोच्ने र समस्यालाई बुझने गर्नुपर्छ ।
– बिषय बस्तु र घटनालाई हेर्ने दृष्टिकोण सहि बनाउनुपर्छ ।
– अहिले अबस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समचारहरु बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुँदैन । यस्ता समचारहरु दिनमा १-२ पटक भन्दा बढि नहेरेकै राम्रो हो । दुखद समचारहरु हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउँछ । मन दुखी हुन्छ । तनाब बढ्छ। यसले मानसिक आघात हुन पनि सक्छ ।

१०. सीप, तालिम र शिक्षा :
– कुनै पनि बिषयमा आबस्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल अबस्य बढ्छ नै। कोरोनाको संक्रमणको बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्व हेरचाहका बिषयमा जानकारी तथा सरसफाइ लगायत अन्य बिषयको तालिमले आत्मबल बढाउन मद्दत गर्छ ।

फोन मार्फ निशुल्क मनोपरामर्श सेवाको व्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सर्म्पर्क गर्न सकिन्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker