निर्वाचन मिति घोषणाको माग गर्दै अनेरास्ववियुद्वारा दमौलीमा “सडक बहस”

भञ्ज्याङ न्यूज

नेकपा एमाले निकट अनेरास्ववियु तनहुँले सडक बहर कार्यक्रम गरेको छ । स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न दबाब दिने उद्देश्यका साथ अनेरास्ववियुले आइतदबार तनहुँको दमौली स्थित अनसन चौतारीमा सडक बहस कार्यक्रम गरेको हो ।

पाँच दलीय गठबन्धनले स्थानीय तहको मिति घोषणाका लागि आलटाल गरेको भन्दै अनेरास्ववियुले मिति तोक्न दबाब दिन सडक बहस कार्यक्रम अगाडि ल्याएको छ ।

उक्त कार्यक्रममा नेपाल वार एसोसिएसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीले स्थानीय तहको निर्वाचन सकिएको छ महिनाभित्र निर्वाचन गर्न पाउने व्यवस्था कानूनमा रहेको बताउँदै निर्धारित समयमै निर्वाचन गराउन सरकार बाध्यकारी रहेको जानकारी गराए।

नेपाल बार एसोसिएसन कास्कीका पूर्व अध्यक्ष कमल अर्यालले पाँच दलीय गठबन्धन स्थानीय तहको मिति सार्ने षडयन्त्रमा रहेको बताए । उनले भने, ‘निर्वाचन सम्बन्धी ऐनमा पहिलो निर्वाचनको मिति सुरु भएको मितिबाट गणना हुने भएकाले सोही मितिलाई आधार मानेर निर्वाचन गर्नुपर्ने प्रष्ट व्यवस्था रहेको छ ।’

विभिन्न कारण देखाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ, त्यसका लागि सबैको खबरदारी आवश्यक रहेको अर्यालले बताए ।

यस्तै, नेपाल बार एसोशिएसन तनहुँका पूर्व अध्यक्ष शिवदत्त ढकालले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले समयमै निर्वाचन हुनुपर्ने बताए । ‘संविधान र कानूनले स्थानीय तहको समय थप गर्ने व्यवस्था गरेको छैन’, उनले भने, ‘जनप्रतिनिधि बेगरको स्थानीय तहको परिकल्पना गरिएको छैन। त्यही कारण समयमै निर्वाचन अपरिहार्य छ ।’

नेकपा एमालेका उपाध्यक्ष हरिराज कंडेल र उपसचिव प्रदीपराज अधिकारीले कुनैपनि बहानामा स्थानीय तहको निर्वाचन नर्सार्न सरकारलाई चेतावनी दिए।

अनेरास्ववियु तनहुँका अध्यक्ष नवीन वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी सचिव आरके पोखरेलले परमादेशी सरकारले स्थानीय तहको मिति घोषणा गर्न ढिलाई गरेकाले मिति घोषणाका लागि दबाब दिन देशभर सडक बहस गरिएको बताए ।

उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार एमालेसँग प्रतिस्पर्धा गर्न डराइरहेको छ । सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म अनेरास्ववियु सडकमा बसेर बहस गर्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker