भानुमा चुनावी सभा : एमाले नेतृत्वको गठबन्धनका उम्मेदबारलाई विजयी गराउन नेता जोशीको अनुरोध

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा नेकपा एमाले भानु नगर कमिटीले चुनावी सभा गरेको छ । भानु-२ नारेश्वरटारमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले भानु नगरपालिकामा नेकपा एमाले र जोशी समुहका उम्मेदबारहरुलाई बिजयी गराउन मतदाताहरुसंग अनुरोध गरेका छन् ।

भानु नगरपालिकाको विकास र सम्वृद्धीका लागि एमाले नेतृत्वको गठबन्धनका उम्मेदबारहरुलाई बिजयी गराउन आवश्यक रहेको चर्चा गर्दै नेता जोशीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको गठबन्धनका उम्मेदबारहरुलाई बिजयी गरी भानु नगरपालिकाको सम्वृद्धीको सपना पुरा गर्नुपर्ने बताए ।

भानु नगरपालिमा एमाले र जोशी समुहको चुनावी तालमेल रहेको छ । मेयरमा एमालेका सिताराम बजगाई र उपमेयरमा जोशी समुहका केशरबहादुर गुरुङ उम्मेदबार रहेका छन् । वडा अध्यक्षहरुमा वडा नम्बर ११ र १३ मा जोशी समुहको र अन्य वडामा एमालेका उम्मेदबारहरु छन् ।

यस्तै, चुनावी सभालाई सम्बोधन गर्दै जोशीले नेपाली काँग्रेसले आफ्नो सिद्धान्त बेचेर खाईसकेको र सत्ताको लागि जोसँग पनि मिल्ने र जता पनि जाने भएको बताउँदै उनले काँग्रेसका कार्यकर्ताहरुले गम्भिर भएर सोच्न आग्रह गरे । भानु नगरपालिकामा यस अघि काँग्रेसका उम्मेदबारहरुलाई जिताउन आफु दिनरात लागेको भन्दै जोशीले तर निर्वाचित भईसकेपछि उनीहरुले नगरको विकासका लागि केही काम गर्न नसकेको आरोप लगाएका छन् ।

चुनावी सभामा नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले एमाले र जोशी समुहका उम्मेदबारहरुलाई बिजयी गराइ भानु नगरपालिकाको विकास र सम्वृद्धीको नेतृत्व गर्नु पर्ने बताइन् । न्यौपानेले भानु क्षेत्रको विकासको लागि एमालेको नेतृत्व अपरिहार्य भएको चर्चा गर्दै भानुका नागरिकलाई एमाले नेतृत्वको गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरिन ।

कार्यक्रममा मेयरका उम्मेदबार सिताराम बजगाईले आफुहरु निर्वाचित भए भानु नगरपालिकालाई भ्रष्टाचार र कुशासनबाट मुक्त बनाउने प्रतिबद्धता जनाए । विगतका जनप्रतिनिधिले पाँच वर्षसम्म कुनै पनि उपलब्धी मुलक काम गर्न नसकेको, विवादै विवादमा अल्झिएर बसेको बताउँदै उनले नगरको विकास र शुसासनमा निकै पछाडी परेको र अब भानुलाई नमुना नगरपालिका बनाउने आफ्नो प्रतिबद्धता रहेको बताए ।

कार्यक्रममा उपमेयरका उम्मेदबार केशरबहादुर गुरुङ, नेकपा एमाले केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना, गण्डकी प्रदेश सभाका सांसद रामबहादुर गुरुङ, जिल्ला कमिटी सदस्यहरु शंकर रानाभाट, हरिबहादुर पाण्डे, नेपाली काँग्रेसकी नेतृ बालकुमारी लोहनी, भानु-२ का वडा अध्यक्षका उम्मेदबार केशव त्रिपाठी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker