बन्दिपुर गाउँपालिकाले वडा नं. १ बाट एकैदिनमा उठायो १६ लाख राजश्व

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नं. १ बाट एकैदिनमा १६ लाख रुपैयाँ बराबरको राजश्व उठाइएको छ । वडा कार्यालयबाट शुक्रबार १६ लाख ५६ हजार १२० रुपैयाँ राजश्व संकलन गरेको हो ।

आर्थिक वर्ष२०७८/०७९ को कार्यालय खुल्ने अन्तिम दिन शुक्रबार वडा कार्यालयमार्फत कर संकलनको व्यवस्था मिलाइए अनुसार राजश्व संकलन गरिएको बताइएको छ । व्यवसायीको आग्रहमा वडा कार्यालयबाटै राजश्व संकलनको व्यवस्था मिलाइएको वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

‘बन्दीपुर गाउँपालिका-१ डुम्रे र बन्दीपुर गाउँपालिका-४ विमलनगर क्षेत्रका उद्योगी, व्यवसायीको सहजताका लागि एकदिनका लागि वडा कार्यालयबाटै राजश्व सलनको व्यवस्था मिलाएको हो’, उनले भने, ‘अन्य समयमा गाउँपालिकाको कार्यालयमै पुगेर राजश्व तिर्नुपर्ने व्यवस्था भएपनि आर्थिक वर्षो मसान्त भएकाले सहजताका लागि वडाबाट राजश्व सलन गर्ने व्यवस्था मिलाइएको थियो ।’

बजार क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाबाट घरबहाल करबापत ४ लाख ३५ हजार ४५० रुपैयाँ संकलन भएको छ । व्यवसाय लगायत अन्य करबापत १२ लाख २० हजार ६७० रुपैयाँ संकलन भएको गाउँपालिकाका राजश्व अधिकृत दिनेश पौडेलले बताए ।

घरबहाल कर बापत अघिल्लो आर्थिक वर्ष२०७७/०७८ र चालु आर्थिक वर्ष २०७८/०७९ को राजश्व संकलन गरिएको राजश्व अधिकृत पौडेलले बताए । उनले भने, ‘व्यवसाय करमा भने गाउँपालिकाले चालु आर्थिक वर्षा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker