बन्दिपुर माउण्टेन रिसोर्टको जग्गा भाडा पुनरावलोकन गर्न सुझाव

भञ्ज्याङ समाचारदाता/दमौली

महालेखा परीक्षकको कार्यालयले तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित माउण्टेन रिसोर्टले भाडामा लिएको जग्गाको मूल्य पुनरावलोकन गर्न सुझाव दिएको छ । रिसोर्टले २०५४ फागुन २० गते प्रतिहेक्टर प्रतिवर्ष रु ७७२ का दरले ४० वर्षलाई लिजमा लिएको थियो ।

प्रत्येक दश वर्षमा वार्षिक दस्तुर पुनरावलोकन गर्न सकिने व्यवस्था भएपनि २४ वर्षसम्म दस्तुर पुनरावलोकन नभएको पाइएको महालेखा परीक्षकको कार्यालयले बताएको छ । वन नियमावली, २०५१ को अनुसूची २० मा कबुलियती वनको वार्षिक दस्तुर उल्लेख गरेको र उक्त शुल्क दश वर्षमा पुनरावलोकन गर्न सकिने व्यवस्था छ ।

गण्डकी प्रदेश क्षेत्रीय वन निर्देशनालयले १९ रोपनी जग्गा उक्त रिसोर्टलाई व्यवसाय सञ्चालन गर्न सम्झौता गरिदिएको थियो । ४० वर्षा लागि उक्त जग्गा लिजमा लिइएको छ । सम्झौता भएकै बखतकै मूल्यलाई आधार मानी हालसम्म रोयल्टी संकलन हुँदै आएको महालेखाले उल्लेख गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker