भुषण दाहालले सम्हाले ‘सुपर डान्सर नेपाल’को निर्देशकको जिम्मेवारी

भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ अब चाडै कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुदैछ ।

सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपर डान्सर नेपाल’को फिजिकल र डिजिटल गरि दुई चरणमा अडिसन सम्पन्न भईसकेको छ । जसमा नेपाल भरबाट आएका थुप्रै प्रतिभाहरुको सहभागिता रह्यो, केहि उत्कृष्ठ डान्सरहरु अर्को चरणमा छानिन समेत सफल भए।

यसै बिच ‘सुपर डान्सर नेपाल’का सुपर जज मध्यका एक सुपर जज एबं नेपाली चलचित्र क्षेत्रका सुपरस्टार/सदाबहार अभिनेता भुवन केसी नेपाली चलचित्र जगतको सर्बोच्चा निकाय चलचित्र बिकास बोर्डको अध्यक्ष जस्तो गरिमामय पदममा नियुक्त हुनु भएकोमा ‘सुपर डान्सर नेपाल’ तथा यसको अधिकारिक निर्माण इजाजत प्राप्त कम्पनी ए डी रिलिजको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरियो।

बुधबार राजधानीमा आयोजित विशेष समारोहमा शो का सुपर जज एबं चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई सम्मान गर्नुका साथै केक काटेर खुशी साटियो। केसीले आफु सबैलाई साथ लिएर फिल्म उद्योगको बिकासमा काम गर्ने साथै यो नयाँ शोलाई लिएर निकै उत्साहित रहेको र यसमा आफुले राम्रो गर्ने बताउनु भयो।

साथै कार्यक्रममा ‘सुपर डान्सर नेपाल’को निर्देशकमा चर्चित टेलिभिजनकर्मी तथा निर्देशक भुषण दाहाल रहने कुरा समेत पहिलोपटक मिडिया सामु जानकारी गराईयो। निर्देशक दाहालले शो को एक्सन कट मात्र नभई आफुले शो मा रहेका हरेक विधाका साथीहरुको एउटा संयोजकको रुपमा काम गर्ने बताउनु भयो।

”मुख्यत् म टेलिभिजनकर्मी हु, अन्य विधामा समेत म काम गर्छु तर मेरो दायरा टिभी हो, त्यसैले यो दायरा भित्र आएको कुनै पनि अवसर अनि च्यालेन्जलाई म स्वीकार्छु र यसलाई म लिने प्रयास गर्छु साथै यो च्यालेन्ज मध्यको एक च्यालेन्ज सुपर डान्सर नेपालको निर्देशकको रुपमा पाएको छु, अहिले सम्म कुनै रियालिटी शो मैले गरेको थिइन् र यो अवसर पाउदा मलाई आनन्द लाग्यो म यो स्वीकार्छु”, उहाले बताउनु भयो।

‘सुपर डान्सर नेपाल’का प्रोजेक्ट हेड सशांक पोखरेलका अनुसार यो शोले अरु शो जस्तो प्रतिस्पर्ध मात्र नगराई बच्चाहरुलाई सिकाउने अनि बिकास समेत गराउने काम गर्ने जानकारी दिनुभयो। ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभी शो हो।

चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवन केसी संगै अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई छन् ।

देशका बिभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन सम्पन्न भयो साथै नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

कार्यक्रमको होस्टमा अर्का अचार्चित अभिनेता विल्सन बिक्रम राई र अर्की चर्चित नृत्याङ्गना कबिता नेपाली रहने छन् । ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टिभी एचडीमा यही साउन अन्तिम साता बाट प्रसारणमा आउदैछ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker