यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल, को-को थिए २६ प्रतिस्पर्धी ?

काठमाडौँ । लुना लुइँटेल यस वर्षको मिस नेपाल वर्ल्ड बनेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन् ।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै, मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन्। यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बनिन् ।

सो अवसरमा निर्णायक मण्डलले अन्य टाइटल विजेताहरूको नाम पनि सार्वजनिक गर्यो।

जसअनुसार-

मिस कन्फिडेन्ट – प्रगिका क्षेत्री

मिस टाइमलेस एलिगेन्स – उरुशा भण्डारी

मिस हेल्दी स्किन – आरती थापा

मिस ग्रीन भिजनरी – जगदिश्वरी शाह

मिस प्रिस्टिन – प्रियंका थापा

मिस पपुलर च्वाइस – उरुशा भण्डारी

मिस ब्यूटिफुल हेयर – स्वेच्छा थापा

मिस एम्पावर्ड च्वाइस– दीपशिखा नेपाल

फेस अफ द इयर – स्मृति श्रेष्ठ घोषित भए ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक तथा निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरेका थिए।

को-को थिए २६ प्रतिस्पर्धी ?

१) सान्भी मण्डल
२) संस्कृति भट्टराई
३) सुदिना हुमागाईं
४) श्रुती महर्जन
५) अनुराधा शर्मा ढकाल
६) अनुप्रिया ठाकुर
७) दीपशिखा नेपाल
८) जगदिश्वरी शाह
९) लुना लुइँटेल
१०) जशोदा कार्की
११) आश्रीया थापा
१२) उरुषा भण्डारी
१३) अञ्जिला रजक
१४) सृष्टिकुमारी तामा
१५) क्रिस्टिना बस्नेत
१६) आरती थापा
१७) समृद्धि केसी
१८) सइच्छा थापा
१९) स्वाती पञ्जियार
२०) सोनी घले
२१) श्रीयानी श्रेष्ठ
२२) स्मृति श्रेष्ठ
२३) ओजल रायमाझी
२४) निलिमा पाण्डे
२५) प्रियंका थापा
२६) प्रज्ञिका क्षेत्री

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker