गठबन्धनमा भएपछि सबै हामीले भनेकोजस्तो हुँदैन, सम्झौता गर्नुपर्छ : नेपाली कांग्रेसका प्रवक्ता महत

दमौली : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको १५औं महाधिवेशन निर्धारित समयमा नहुने बताएका छन् । कांग्रेस तनहुँले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अहिलेसम्मको तयारी हेर्दा मंसिरमै महाधिवेशन नहुने प्रष्ट भइसकेको बताए ।
उनले भने, ‘महाधिवेशनको तयारी गर्ने जिम्मेवारी मेरो छैन । सभापतिबाट अवरोध हुँदैन । तर विगतदेखि नै एकवर्ष थप्ने चलन छ । आम निर्वाचन र पार्टीको महाधिवेशन सँगसँगै भयो भने पनि हामीलाई घाटा नै छ । हाम्रो तरिका त्यही हो । विपक्षसँग लड्ने भन्दा आफ्नो पार्टीभित्रको निर्वाचन चाहिँ महाआमनिर्वाचन भइरहेको हुन्छ ।’
उनले चुनावको मुखमा महाधिवेशन गर्दा विपक्षलाई सघाएर आफ्नैलाई हराउन पार्टीका उम्मेदवार हराउन लाग्ने बताए ।
उनले भने, ‘एक्लै लड्दा लक्ष्य भेट्न नसक्ने भएपनि अरुसँग मिल्नुपर्ने हुनसक्छ । एक्लै लड्दा ०७४ मा २३ सीट मिलेर लड्दा प्रत्यक्षमा ६० सीट पुगेको हो । नत्र त्यही हालत हुन्थ्यो हामीले जतिसुकै भनेपनि । सिद्धान्त र विधिको हिसाबले एक्लै लड्नेकुरा ठिक छ । आउने दिनमा लड्ने, ०८४ मा एक्लै लड्ने तर अरुसँग गठबन्धन नगर्ने भन्दा पार्टीभित्र गठबन्धन त हुनुपर्यो नि । पार्टीभित्र पनि गठबन्धन नगर्ने अरुसँग पनि नमिल्ने भएपनि परिणाम शून्य हुन्छ कि हुँदैन ।’
उनले सरकारमा नभएपछि आफूले भनेको केही गर्न नसक्ने र बजेट हाल्न पनि नसक्ने भएकाले मिलेर जानुपर्ने बाध्यता आइलागेको सुनाए। उनले भने, ‘गठबन्धन सरकार भएपनि सबै हामीले भनेकोजस्तो हुँदैन। सम्झौता गर्नुपर्छ । सय प्रतिशत नभएपनि ५० प्रतिशत हामीले भनेको गर्न सकिएला भनेर सरकारमा गएका छौं ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker