व्यासको उपमेयरका उम्मेदवार मनुमायाको प्रतिवद्धता : अनावश्यक करको बोझ हटाउँछु (प्रतिवद्धतापत्र सहित)
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको व्यास नगरपालिकाको उपमेयर पदमा उम्मेदवार बनेकी मनुमाया श्रेष्ठले आफु विजयी भएमा नगरपालिकाबाट प्रवाह हुने सवा र लिइन करको अनावश्यक बोझ हटाउने प्रतिवद्धता जनाएकी छन् । नेकपा एकिकृत समाजवादीबाट व्यासको उपमेयर पद दाबा गरी चुनावी मैदानमा उत्रिएकी श्रेष्ठले मतदातासंग भ्रष्टाचारबिहिन स्थानीय सरकार, भ्रष्टाचारमुक्त समाज बनाउने प्रतिवद्धता जनाएकी छन् ।
१८ बुँदे प्रतिवद्धताका साथ आफ्नो पक्षमा मत माग्दै घरदैलो अभियानमा खट्टएिकी श्रेष्ठले साधा जीवन बिताउने, लाउने खाने, बस्ने कुारमा कहिल्यै बडप्पन नदेखाउने बताएकी छन् । उनले आफ्ना प्रतिवद्धता पत्रमा जनताको काममा सदा तत्पर रहने, कहिल्यै अल्छि नगर्ने, अनावश्यक काममा समय नबिताउने, भेदभाव पक्षपात आफ्नो अर्काको भनेर व्यवहार नगर्ने, सबैमा समान व्यवहार गर्ने उल्लेख गरेकी छन् ।
पालिकाको एक पैसा पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाएकी उपमेयरकी उम्मेदवार श्रेष्ठले आफ्नो सम्पति विवरण निर्वाचित भएको एकहप्ता भित्र सार्वजनिक गर्ने, पालिकाको कुनै पनि साधनस्रोतहरु व्यक्तिगत कामको लागि प्रयोग नगर्ने, नीजि कामको लागि सरकारी सम्पति दुरुपयोग नगर्ने, आर्थिक आचरण शुद्ध राख्ने, भ्रष्टाचार, घुसखोरी, कमिसन, अनियमितता, सरकारी काममा ढिलासुस्ती जस्ता कार्यलाई न्यूनिकरण गर्न लाग्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
यस्तै, उम्मेदवार श्रेष्ठले भ्रष्टाचार र विभिन्न घोटला काण्डहरुको तत्काल छानविन गरी कडा भन्दा कडा कार्वाहि गर्ने, भ्रष्टाचार उन्मुक्त नहुने कानुनहरु बनाउने, प्रशासनिक र साधारण खर्च घटनाउने, पुजिगत खर्च बढाउने, फजुल खर्च नियन्त्रण गर्ने, कार्यपालिकाको आय वृद्धि गर्ने, सार्वजनिक सम्पत्तिहरुको खोजी गरी पालिका मातहत ल्याउने प्रतिवद्धता गरेकी छन् ।
उम्मेदवार श्रेष्ठले आफुले पाउने पारिश्रमिक दुःख पाएका असाहृया बालबालिका, महिला, दलित र गरिवहरुलाई बाढ्ने, पालिकाको छवि माथि उठाउन सधै प्रयत्नशील रहने प्रतिवद्धता जनाएकी छन् । सत्तारुढ दलको गठबन्धनमा तनहुँमा आंशिक रुपमा मात्र कार्यान्वयन भएको छ ।
व्यास नगरपालिकामा सत्तारुढ दलबीच गठबन्धन हुन नसकेपछि अहिले सबै दल आ-आफ्नो ढंगले चुनावी मैदानमा उत्रिएका छन् । व्यास नगरपालिकामा नेकपा एकिकृत समाजवादीले एकल रुपमा उपमेयरर वडा नं. ३ को वडाध्यक्षमा मंगल प्रसाद श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् ।