बालबालिकालाई स्वर्णविन्दु प्राशन

प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा सोमबार बिहान बालबालिकालाई स्वर्णविन्दु खुवाउँदै अस्पतालका चिकित्सक । चिकित्सालयका अनुसार ६०६ जना पुराना र ११५ जना नयाँ गरी ७२१ जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको थियो । स्वर्णविन्दु प्राशन आयुर्वेदमा प्रयोग हुने एक प्रकारको परम्परागत बालस्वास्थ्य विधि हो। यसमा सुनको भस्म (स्वर्ण), मह, घिउ तथा विभिन्न जडीबुटीको मिश्रण निश्चित विधिअनुसार बालबालिकालाई खुवाइन्छ । आयुर्वेदिक मान्यताअनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता, स्मरणशक्ति, पाचनशक्ति र शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ भन्ने विश्वास छ । तस्विर : अश्विनकिशोर श्रेष्ठ/भञ्ज्याङ










