दमौलीमा कात्तिक १५ र १६ गते निःशुल्क स्वास्थ्य शिविर

भञ्ज्याङ न्यूज

तनहुँको दमौलीमा निःशुल्क बृहद स्वास्थ्य शिविर गरिने भएको छ । दमौली अस्पतालको सहयोग र रोटरी क्लब दमौलीको आयोजनामा कात्तिक १५ र १६ गते स्थानीय र विदेशी चिकित्सकहरुबाट स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

दमौली अस्पताल र ताइवानका रोटरियन चिकित्सकहरुको सहयोगमा सञ्चालन गर्न लागिको स्वस्थ्य शिविरमा दाँत, हाडजोर्नी, आँखा, स्त्री तथा प्रसुति रोग, बालरोग, यौनरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरुद्वारा परीक्षण गरिने भएको छ । शिविरमा एक्स-रे/भिडियो एक्स-रे, प्रयोगशाला परीक्षणका साथै निःशुल्क औषधी वितरण गरिने बताइएको छ ।

व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले शिविरमा विशेष सहयोग गर्नुका साथै रोटरी क्लवसंग सम्बन्ध विभिन्न क्लवहरु स्वयंसेवी सहयोग गर्ने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker