तनहुँको देवघाटमा देवघाट गण्डकी परिक्रमा महोत्सव

भञ्ज्याङ न्यूज

तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बर्द्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले देवघाट गण्डकी परिक्रमा महोत्सव सञ्चालन गरिएको छ । देवघाटमा साधनारत सन्तहरुको अगुवाईमा सोमबार देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हो ।

संसारकै दुर्लभ धार्मिक तीर्थ देवघाटको धार्मिक महत्वको सम्बर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत सन्त महात्माहरुको अगुवाइमा देवघाटधाम गण्डकी परिक्रमा गर्न लागिएको नेपाल सनत समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले जानकारी दिए ।

कार्यक्रमका लागि देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले समन्वय गरेका छन् । विसं २०३८ सालमा सुरुवात भएको देवघाटधाम गण्डकी परिक्रमालाई निरन्तरता प्रदान गरी जीवन धन्य बनाउने उद्देश्य सहित परिक्रमा गर्न लागिएको जनाइएको छ । गत वर्षपनि देवघाटमा परिक्रमा महोत्सव गरिएको थियो ।

तनहुँ तर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर महादेवको मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर महादेव मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रिनाथ मन्दिर), देवपुर (सांढेबगर बौद्धगुम्बा) भुबराह मन्दिर (मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम) को परिक्रमा गरिएको छ ।

त्यस्तै चितवन तर्फदेवघाट बस पार्क (संकल्पेश्वर महादेव मन्दिर, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी -दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर) को परिक्रमा गरिएको छ ।

नवलपुर तर्फगैंडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्रको परिक्रमा गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रबर्द्धनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्य मोक्ष प्राप्त हुने र मृत्यु पश्चात् यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दु धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिक ग्रन्थहरुमा देवघाटधामको महिमा उल्लेख भएको पाइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker