मर्स्याङदी नदीमा जलविहार

तनहुँको भानु नगरपालिका भएर बग्ने मस्र्याङदी नदीमा शनिबार जलविहार (र्याफ्टिङ) गर्दै आन्तरिक पर्यटक । नेपाल पत्रकार महासंघ तनहुँले भानु नगरपालिकाको प्रायोजनमा मर्स्याङदीमा रामान्चक र साहासिक खेल जलविहारको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको थियो ।

भानु नगरपालिकाको तुरतुरेदेखि बन्दीपुर गाउँपालिकाको वडा नम्बर ५ स्थित याम्पा फाँटसम्म तनहुँका पत्रकार तथा सञ्चारकर्मी, भानु नगरपालिकाका जनप्रतिनिधिहरुको करिब ६५ जनाको टोलीले जलविहार गरेका थिए ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










