युवालाई राजनीतिमा ल्याउनुपर्छ : उम्मेदवार गुरुङ

भञ्ज्याङ समाचारदाता/तनहुँ

नेकपा (एमाले) तनहुँ क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार पूर्ण बहादुर गुरुङले अब युवा पुस्तालाई राजनीतिमा ठाउँ दिनुपर्ने बताएका छन् । अग्रजहरुलाई सम्मान गर्दै अब देश हाक्ने जिम्मेवारी युवा पुस्तालाई दिनसके देशले काँचुली फेर्ने बताएका छन् ।

उम्मेदवार गुरुङले सधै एउटै व्यक्ति लामो समयसम्म लाभको पदमा वसिरहने, पदमा बसेर पदीय जिम्मेवारी ननिभाउने भएपछि जनतामा उत्साह नछाएको बताए । उनले भने, ‘अवसर आवश्यकताका लागि हुनुपर्दछ ।

जनमत एकातिर तर शक्तिको दुरुपयोग गरि लाभको पद सधै निश्चित व्यक्तिलाई हुँदा युवा र जनतालाई नै वितृष्णा छाएको छ ।’ मतदाताको घरदैलो गर्दै गुरुङले युवालाई राजनीतिमा आकर्षित गर्न पनि मेरो उम्मेदवारी बताउँदै नेकपा (एमाले) नै परिवर्तनकारी शक्ति भएको हुँदा एमालेलाई भोट दिएर जिताउन आग्रह गरे ।

राजनीतिमा युवा शक्तिले अवसर नपाउँदा धेरै युवाहरु विदेशिन बाध्य भएको बताए । चुनावी अभियानका क्रममा बन्दिपुर गाउँपालिका अन्तर्गत हुस्लाङ, रानीवजार, चिसापानी, शेराटार र रामकोटमा घरदैलो तथा भेटघाट गर्दै आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

घरदैलो अभियानमा प्रतिनिधीसभाका उम्मेदवार एकवहादुर राना, नेकपा (एमाले) तनहुँका उपसचिव प्रदिपराज अधिकारी, जिल्ला कमिटी सदस्य प्रेम प्रसाद पौडेल, नुर महमद मिया लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker