सयपत्री फूल र विमिरोको व्यापार

तनहुँको ऋषिङ गाउँपालिकामा उत्पादित सयपत्री फूल र विमिरो बिक्री गर्न लिएर बसेका महिलाहरु । तिहार पर्वमा भाइटिकाको दिन दिदीबहिनीहरुले सयपत्री फूल र विमिरोको प्रयोग गर्ने गर्दछन । कात्तिक २५ गते बुधबार भाइटिका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ । साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










