गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जानकारी दिनुभयो।

डा. केसीका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई रु पाँच करोड २७ लाख ७३ हजार जोखिम भत्ता उपलब्ध गराइएको छ । त्यसैगरी ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टिन व्यवस्थापनका लागि पनि रु एक करोड ५३ लाख उपलब्ध गराइएको छ । ८५ स्थानिय तह भए पनि जहाँ जहाँ क्वारेन्टिन सञ्चालन छन् त्यहाँ मात्र रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले कोभिड–१९ का लागि प्रदेशका जिल्लामा आइशोलेसन, पिसिआर मेशिनदेखि अन्य आवश्यक उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतका सामान खरीदका लागि उक्त रकम खर्च भएको जानकारी दिनुभयो । प्रदेशका केही जिल्लामा उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावले समस्या सृजना भएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशको कोरोना सङ्क्रमणको ग्राफ हेर्ने हो भने सबै भन्दा बढी संक्रमित कास्कीमा रहेका छन् । कास्कीमा ४२.९६ प्रतिशत देखिएको छ । त्यसपछि नवलपरासीको पूर्व, तनहुँ, बागलुङ गोर्खा स्याङ्जा, पर्वत, लमजङु म्याग्दी रहेका छन् भने मनाङ मुस्ताङ खतरा बाहिर छ ।

महामारी बढ्दै जाँदा पोखरा महानगरपालिकाले १०४ शै्ययामा अक्सिजन पाइप जडानको शुरुआत गरेको छ । जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनको लागि रु१९ लाख बजेट छुट्याएर काम अगाडि बढाइएको उपप्रमुख मञ्जु गुरुङले जानकारी दिनुभयो ।

तिहारमा देउसी भैलो नखेल्न आग्रह

जल्ला प्रशासन कार्यालय कास्कीले यो वर्ष देउसी भैलो खेल्न रोक लगाएको छ । कोभिड– ९ उच्च जोखिमको समयमा देउसी भैलो खेल्दा थप जोखिम हुने जनाउँदै प्रशासनले देउसी भैलोलाई रोक लगाएको हो ।

प्रशसनले आज सूचना जारी गर्दै विश्व महामारीको रुपमा रहेको कोभिड १९ को असर कास्कीमा पनि उच्च देखिएकाले चाडपर्वको समयमा मानिसको आवागमन एवम् भिडभाडयुक्त गतिविधिले सङ्क्रमण फैलिने सम्भावनालाई ध्यान दिदै उक्त गतिविधिमा रोक लगाएको जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker