दमौलीमा कृषि उपज केन्द्र सञ्चालन

दमौली : तनहुँको दमौलीमा कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको छ । ग्रामीण क्षेत्रका बासिन्दाले उत्पादन गरेको प्राङ्गारिक कृषि उपजलाई बजारसम्म पु¥याउन व्यास नगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा ल्याएको हो ।
व्यास नगरपालिका–१३ मा रहेका किसानले उत्पादन गरेका प्राङ्गारिक कृषि उपजलाई सहज तवरले बजारसम्म पु¥याउने हेतुले व्यास–३ मालपोत लाइनमा बुधबारदेखि कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो ।
व्यास–१३ का किसान आवद्ध गाउँविकास कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि उपज केन्द्र सञ्चालन गरिएको सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्रबहादुर आलेले बताए ।
कृषि उपज केन्द्रमा सहकारीमा आवद्ध किसानले उत्पादन गरेको आलु, बोडी, तरुल, पिँडालु, फर्सी, करेला, निगुरो, काँक्रो लगायतका तरकारी सुपथ मूल्यमा पाइने केन्द्रले जनाएको छ ।
करिब पाँच लाख रुपैयाँ खर्चिएर केन्द्र सञ्चालन गरिएको हो । साना किसानलाई प्रोत्साहन र स्वस्थकर कृषि उत्पादनमा लाग्न व्यास–१३ को कार्यालयले विशेष कार्यक्रम नै बनाएर अघि बढेको व्यास–१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले बताए ।
प्राङ्गारिक कृषि उपजलाई प्रोत्साहन गरी साना किसानलाई संरक्षण गर्न व्यास नगरपालिकाको कार्यालयले मासिक भाडा तिर्ने गरी कृषि उपज केन्द्रको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
व्यास नगरपालिका क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ व्यास नगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker