बन्दीपुरको रामकोट गाउँ

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको रामकोट गाउँ । मगर समुदायको बाहुल्यता रहेको रामकोटमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गरिएको छ । मगर समुदायको परम्परागत संकार र संस्कृति अध्ययन अवलोकन गर्न सकिने यस गाउँलाई पर्यटनमैत्री बनाउनका लागि गाउँपालिका र प्रदेश सरकारले समेत पूर्वाधार निर्माण लगायतका कार्यक्रममा सहयोग गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ










