नागरिकता विधेयकमा सरकारले राष्ट्रघात गर्यो : सांसद सिग्देल
भञ्ज्याङ न्यूज

प्रतिनिधीसभा सदस्य केदार सिग्देलले नागरिकता विधेयकमा गठवन्धन सरकारले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।
म्याग्दे गाउँपालिकाको थर्पु बजार खानेपानी उपभोक्ता समितिको २३औं साधारणसभा तथा छैटौ अधिवेशनलाई सम्वोधन गर्दै सासंद सिग्देलले नागरिकता विधेयकमा नेकपा (एमाले)को गम्भिर आपत्ति र विरोधका बीचमा पनि गठवन्धन सरकारले पुनः राष्ट्रपतिकहाँ पठाएर राष्ट्रघात गरेको बताए ।
नागरिकतामा विदेशी चेलीले नेपालमा बिहे गरी आउने बित्तिकै नेपाली नागरिकता पाउने तर नेपाली चेलीले विदेशमा बिहे गरी जाँदा सात वर्षम्म पनि निवेदन दिन नपाउनुमा असमानता भएको सांसद सिग्देलले बताए ।
‘जसले नागरिकताका विधेयकको विरोधमा सबैभन्दा चर्को नारा र सडक तताए, उनिहरु नै नागरिकता विधेयक पास गर्न कम्मर कसेर लागे, यो भन्दा दुखद के हुन सक्दछ -‘ उनले भने, ‘यसले भविष्यमा नेपालको र्सार्वभौमसत्तामा असर गर्दछ । गठवन्धन सरकार देश र जनताप्रति उत्तरदायी भएन।’

‘आफु सधै जनताको समस्यामा साथ रहने छु’, सांसद सिग्देलले भने, ‘लामो समयसँग जनतासँगै हिडेको छु। जनताको आम समस्यामा म सधै संवेदनशील छु।’
उपभोक्ता समितिका अध्यक्ष शेरकुमार मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिका आम जनताकको समस्या समाधानमा सधै लागिपर्ने बताए । विकास र जनता एकअर्काको परिपुरक भएको हुँदा सबैको साथ र सहयोगले नै पालिकालाई समृद्ध बनाउने सकिने बताए ।










