राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योग्दान छ : नेता हमाल

भञ्ज्याङ समाचारदाता/दमौली

अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य टुका हमालले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योग्दान रहेको बताएकी छन् । जिल्ला कमिटी तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता हमालले अब पनि महिलाहरु नेतृत्वदायी भूमिकामा आउनु पर्ने बताइन् ।

‘अहिले नेकपा एमाले भित्र देखिएको समस्या सिद्धान्तको नभई व्यक्तिगत कुण्ठा र इर्श्या मुख्य कारण हो’, उनले भनिन्, ‘एमालेमा आवद्ध कुनै पनि महिलाले आफुलाई कमजोर ठान्न नहुने र नेतृत्वदायी भूमिकामा आउनका लागि तयार रहनु पर्दछ ।’

कार्यक्रममा अनेमसंघकी केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले आम महिलाहरुको हक हितमा एमाले र अनेमसंघले नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको चर्चा गरिन ।
अनेमसंघ तनहुँकी अध्यक्ष सविता रसाइलीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज एकबहादुर राना, एमाले जिल्ला उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, अनेमसंघकी केन्द्रीय सदस्य रत्ना घिमिरे, अनेमसंघ जिल्ला सचिव बसुन्धरा घर्ती लगायतले नेपलाको राजनीतिमा महिलाको भूमिकाका विषयमा आ-आफ्ना वचार व्यक्त गरेका थिए । उक्त बैठकले जिल्लाका १० वटै स्थानीय तहमा असोज २२ गतेभित्र अनेमसंघको पालिका स्तरीय भेला र बैठक आयोजना गर्ने निर्णय गरेको सचिव बसुन्धरा घर्तीले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker