व्यास नगरपालिकाले ८३ करोड २१ लाख खर्च गर्यो
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख तेश्रो सातासम्म ८३ करोड २१ लाख २१ हजार २२५ रुपैयाँ खर्च गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैठकमा चालु आवको अनुमानित आयव्यय विवरण सार्वजनिक गरिएको थियो ।
बैठकमा चालु आर्थिक वर्षो अनुमानित आयव्यय रु १ अर्ब ७१ करोड ६५ लाख ९ हजार मध्ये आन्तरिक आय तर्फवैशाख २० गतेसम्मको रु. ११ करोड ८ लाख ५८ हजार ८६१ समेत संचित हुने रु २६ करोड ३९ लाख ४९ हजार ६८३ रहेको जानकारी गराइएको छ ।
यस्तै, संघ र प्रदेश सरकारबाट प्राप्त समानीकरण, र्सशर्त बजेट तर्फको रु. ७१ करोड ३३ लाख ६८ हजार ३५२ समेत जम्मा यथार्थ आय रु. ९७ करोड ७३ लाख १८ हजार ३६ र व्ययतर्फ चालु खर्च रु. ५७ करोड ८६ लाख २७ लाख ७२५, पूजीगतको रु. २५ करोड ३४ लाख ९३ हजार पाँच सय समेत जम्मा खर्च रु. ८३ करोड २१ लाख २१ हजार २२५ भएको बैठकमा जानकारी गराइएको प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी गराए ।
कार्यपालिका बैठकले चालु आर्थिक वर्षको क्रमागत योजनाहरुको बाँकी भुक्तानी प्रक्रियालाई क्रमश व्यवस्था मिलाउँदै जाने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । बैठकले राष्ट्रिय योजना आयोगबाट तयार पारिएको स्थानीय तहको योजना तर्जुमा दिर्ग्दर्शन २०७८ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को वाषिर्क बजेट तयार गर्ने, वैदेशिक रोजगारबाट फर्किएका उद्यमशील युवाहरुलाई प्रदान गरिने अनुदान कार्यक्रम मापदण्ड २०७८ लाई संशोधन गर्ने निर्णय गरेको छ ।
बैठकले व्यास-२ स्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापकमा पुष्पकला भट्टराइ र व्यास-१ को जलदेवी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पिताम्बर सिग्देललाई सम्बन्धित विद्यालय समितिबाट सिफारिस भएअनुसार नियुक्ति अनुमोदन गर्ने निर्णय गरेको छ ।










