शुक्लागण्डकी एफएम दशौं वर्षमा प्रवेश

दुलेगौंडा : तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्ज दशौँ वर्षमा प्रवेश गरेको छ । एफएमले विसं २०७३ असोज १५ गते घटस्थापनाका दिन परीक्षण प्रसारण सुरु गरेको थियो । वार्षिकोत्सवका अवसरमा एफएमले शेयरधनी सदस्यबीच विजयादशमी, दीपावली, छठ पर्व–२०८३ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठले एक दशकको यात्रामा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै रेडियोलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

एफएमका अध्यक्ष शिव पौडेलले सञ्चालक समिति, शेयरधनी, श्रोता, कर्मचारी, स्थानीय तह, संघसंस्था, व्यवसायी, विज्ञापनदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे।

स्टेसन म्यानेजर राजन उपाध्यायका अनुसार एफएमले दैनिक आफ्नै उत्पादनका छ पटक समाचारसँगै स्थानीय सरोकार, कानुन, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा र व्यवसाय लक्षित कार्यक्रम प्रसारण गर्दै आएको छ । शुक्लागण्डकी–४, दुलेगौंडाबाट प्रसारण हुने एफएम तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा र नवलपरासीलगायत जिल्लामा सुन्न सकिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker