भिमादमा नियमित एचपीभी खोप अभियानबारे अन्तरक्रिया

भिमाद : तनहुँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित एचपीभी खोप अभियान–२०८३ लाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा वडा स्तरीय खोप समन्वय समिति अध्यक्ष तथा भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, सदस्यहरू बेलबहादुर थापा, पदमकुमार श्रेष्ठ र कोपिला नेपाली, भीमाद प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुदन अधिकारी, डा. विपिन अधिकारी, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो ।

अन्तरक्रियामा नियमित एचपीभी खोप अभियानको आवश्यकता, खोप सञ्चालनको प्रक्रिया तथा अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउने उपायबारे छलफल गरिएको थियो ।

कार्यक्रममा एचपीभी खोपसम्बन्धी सही र आवश्यक जानकारी समुदायस्तरसम्म पु¥याउँदै लक्षित समूहलाई खोपमा सहभागी गराउन स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

सरोकारवालाले खोपबारे समुदायमा रहेका भ्रम तथा अन्योल हटाउन तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्नेमा समेत जोड दिएका थिए । स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको सहकार्यबाट अभियानलाई थप प्रभावकारी बनाउन सकिने सहभागीहरूको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker